सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले ‘भेप’ वा ‘विद्युतीय चुरोट’लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना अधिकारीले यस्ता उपकरणहरूको आयातमा समेत प्रतिबन्ध लगाइने बताएका छन्।स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको बताए।

“सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ। त्यसैको कार्यान्वयनका लागि यसको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको हो,” केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख केसीले भने।

केन्द्रले वैशाख १७ गते यस्तो पत्राचार गरिएको जनाएको छ।नेपालमा भेपका उपकरणभित्र सुन राखेर तस्करी गर्ने गरिएको विवरण पनि सार्वजनिक भएका थिए। विदेशबाट सुन तस्करी गरेर ल्याउन भेप प्रयोग गरेको अभियोगमा केही विदेशी सहित पूर्वसभामुख कृष्णबहादुर महराका एक जना छोरा समेत हिरासतमा छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले केन्द्रको पत्र कार्यान्वयन गरिने बताए।“हामीले यसअघि एक वर्षसम्म भेपको आयात गर्ने नयाँ कम्पनीहरूको दर्तामै रोक लगाएको पनि हो। तर भेप सुर्तीजन्य पदार्थ भित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट कानुनी परिभाषा रहेनछ। त्यसपछि विभाग खोल्न बाध्य भयो,” उनले भने।

उनका अनुसार नेपालको निकासीपैठारीसम्बन्धी कानुनले सुर्तीजन्य पदार्थको आयातमा रोक लगाएको छ।“स्वास्थ्य मन्त्रालयकै निकायबाट यो सुर्तीजन्य पदार्थ हो र रोक्नपर्‍यो भनेर आएपछि विभागले रोक लगाउँछ,” पोखरेलले भने।भारतमा पनि भेपमा प्रतिबन्ध लगाइएको छ तर स्थानीय सञ्चार माध्यमका अनुसार यो प्रभावकारी भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित