1

ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति : प्रधानमन्त्री देउवा

हरियो पाटी

हरियो पाटी

0
SHARES
9
VIEWS

३० असोज, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाड‍ौं-२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन् ।

काठमाडौं–२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए ।

उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास आफूलाई नभएको देउवाको भनाइ थियो ।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ । उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो’, देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो ।’

देउवाले माओवादी केन्द्रबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पार्टीको आशिर्वाद नखोजेको उल्लेख गरे ।

देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रशंसा गरे । देउवाले ओनसरीलाई जिताउन काँग्रेस नेता कार्यकर्ता र काठमाडौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित