1

विद्यालयमै झुन्डिएको अवस्थामा भेटिए जमदह माविका प्रधानाध्यपक साह

हरियो पाटी

हरियो पाटी

0
SHARES
33
VIEWS

सिरहा, १९ कात्तिक – सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा फेला परेको छ। विद्यालयमा प्रधानाध्यपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा सलमा पासो लागेको अवस्थामा भेटिएको हो।
विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको चाँसो माँगेका थिए।
रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगर्दा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर खोजि नगरेको बताइएको छ। केहीवेरमा कैचिगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको त्यहि कार्यरत एक शिक्षकले बताए।
घटना थाहापाउन साथ प्रहरीलाई खवर गरेका थिए।
प्रहरीले घटनाबारे जानकारी पाएको लगतै घटनास्थल पुगेको   जनाएको छ। प्रहरीले शवपोस्ट माडमकालागि रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ । प्रधानाध्यपक साह केहिदिन देखि मान्सिक तनावमा रहेको बुझिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित