1

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात अस्पताल भर्ना

हरियो पाटी

हरियो पाटी

0
SHARES
40
VIEWS

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ।

‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै  अस्पताल पुर्‍याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आईसकेको छैन।’

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित