उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । त्यसैले बेलुकी करिब सवा सात बजेतिर प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका थिए । उनको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम गरेर हेरिएको थियो ।एन्जिओग्रामले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्छ ।
तर सबै रिपोर्ट सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको हो । ‘भीभीआईपीको स्वास्थ्यको सवाल भएकाले हामी सबै टिम बसेर सल्लाह गर्यौं र एनजीओग्राफी, ब्लड रिपोर्ट लगायतका परीक्षण गरेर हेर्यौं । सबै रिपोर्टहरु नर्मल आएकाले डिस्चार्ज गर्ने निष्कर्षमा पुगेका हाैँ,’ उपचारमा संलग्न एक डाक्टरले भने । उनको स्वास्थ्य जाँच डा. यादव भट्ट, डा. शिवजी सिलवाल लगायतको टोलीले गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ ।’
Discussion about this post