1

सिरहामा राजस्व अनुसन्धान टोलीमाथि ढुंगामुढा

हरियो पाटी

हरियो पाटी

0
SHARES
6
VIEWS

 

सिरहा, २३ असोज ।
सिरहा विल–भर्पाईभन्दा बढिभएका कपडा नियन्त्रणमा लिन आएका राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएका टोलीमाथि सिरहाको मिर्चैयाका स्थानीय व्यवसायीले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै व्यसायीहरुले टोलिमाथि ढुङ्गामुढा गरेका हुन् ।
असोज ४ मा टोलीले मिर्चैया ५ संस्था चौकस्थित कल्याण ट्रेडर्समा छापा मारेका थिए । बहीखाता,बिल भौचरभन्दा बढीरहेको कपडा लिन आएको बताइएको छ। टोलि गोदाममा पस्नासथ स्थानीय व्यवसायीले विरोधकमा करिव एक कण्टा पूर्वपश्चिम राजमार्ग जाम गरेका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए ।
स्थानीयका विरोधकावीच टोलिलाई सुरक्षीत निकाल्ने क्रममा एक दुईजनाले ढुङ्गा हानेपनि कसैलाई नलागेको डीएसपी बस्नेतले जानकारी दिए ।
असोज ४ मा टोलीले पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा पसलको गोदाममा भएको सामान विलभर्पाईभन्दा बढी रहेको बताइएको छ ।
यस सम्वन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यसँग सम्पर्क गर्दा हुन सम्पर्क हुन सकेन । सो पसलबाट सिरहा, धनुषा र उदयपुरका खुद्रा व्यवसायीलाई सामान लाने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित