1

कमल दह प्रचार प्रसारकाे ओझेलमा

हरियो पाटी

हरियो पाटी

0
SHARES
45
VIEWS

असाेज १३ सिरहा –सिरहा प्रचुर सम्भावना बाेकेकाे कमल दह प्रचार प्रसारकाे अभाव तथा सम्बन्धित निकायले ध्यान नदिँदा ओझेलमा परेकाे छ ।

सिराहा जिल्लाकाे मिर्चैया नगरपालिकाबाट मात्र १० किलाेमिटर चुरे क्षेत्रमा अवस्थित कमल दह करिब ४०  विघा क्षेत्रमा फैलिएकाे छ ।

वर्षाकाे बेला याे दह पूरै कमलकाे फूलले ढाकिएकाे हुन्छ । याे बेला दह निकै आकर्षक देखिन्छ ।

कमल दहमा रहेकाे हनुमान मन्दिरका स्थानीय पुजारी राजदेव राउतका अनुसार दहकाे सीमा अतिक्रमणकाे चपेटामा परेकाे छ । बेला-बेला नेपाली सेनाले दहकाे सरसफाइ गर्ने गरेकाे छ । तिहारकाे ११ दिनपछि यहाँ एकादशी मेला लाग्छ ।

सम्बन्धित निकायले उचित ध्यान दियाे भने कमल दह प्रदेश २ काे प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित