1

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

हरियो पाटी

हरियो पाटी

0
SHARES
2
VIEWS

भदौ ३० काठमाडौं  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो।

जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले शुक्रबार राती  १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १।१४ रुपैयाँ र डिजेल र मट्टितेलमा २।९१ रुपैयाँले वृद्धि भएर आएको हो। ग्यासको मूल्य भने यथावत राखिएको छ।

काठमाडौंमा अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित