1

गोरखा सदरमुकामको मुख्य सडकमै ‘कुकर बम’ फेला

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS

भाद्र १६ गोरखा : गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।  भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।

शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको उनले बताए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेर सुरक्षा घेरा दिएको छ। केही समयमा नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गर्ने तयारी गरिरहेको एसपी श्रेष्ठले बताए ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुँदै चल्ने सबै सवारी साधन बन्द रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित