1

जनतासँग माओवादी विशेष अभियान उद्घाटनको सम्पुर्ण तयारी पुरा

हरियो पाटी

हरियो पाटी

0
SHARES
77
VIEWS

सिरहा, १५ भदौ। नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको भोली शनिवार देशभरीका सवै वडाहरुबाट एकैपटक उद्घाटन गर्ने योजना अनुसार सिरहामा पनि तयारी पुरा भएको जनाएको छ। सिरहाको पनि १७ वटा पालिकाको एक सय ६३ वटै वडाहरुको एकैपटक उद्दागटनको तयारी पुरा भएको नेकपा माओवादी केन्द्र सिरहाले जनाएको छ।

पार्टीले अभियान उद्घाटनको लागि जिल्ला, नगर तथा वडाहरुको भेला तथा बैठकहरु सम्पन्न गरिसकेको जनाएको छ। शनिवार सवै वडाहरुले एकैसाथ विभिन्न कार्यक्रमहरु गरी उद्घाटन गर्ने जनाएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे काठमाडौंको चन्द्रागिरी गाउँ पलिकाको घट्टेडाँडाबाट गर्ने कार्यक्रम रहेको छ। त्यसको विभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित