1

प्रतिकुल मौसमका कारण सिरहामा हुने एमाले सचिवालय बैठक स्थगित

हरियो पाटी

हरियो पाटी

0
SHARES
60
VIEWS

सिरहा ८ भदौ। सिरहाको धनगढीमाई नपा १४ सर्रे आम्वासमा ९ गतेबाट बस्ने भनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक प्रतिकुल मौसमको कारण स्थगित गरिएको छ।

विहिवार रातिबाट निरन्तर रुपमा परिरहेको पानीको कारण बैठकस्थल पुग्न सक्ने अवस्था नभएपछि ९ गते शनिवारबाट हुने सचिवालय बैठक स्थगित भएको हो।

बैठक १३ गतेसम्मको लागि स्थतिग गरिएको नेकपा एमालका जिल्ला सहसचिव श्याम कुमार श्रेष्ठले जानकारी दिए। प्रतिकुल मौशम र असहज बाटोका कारण तत्काललाई बैठक स्थति गरिएको उनले जानकारी दिए।

तत्कालिन नेकपा (माले) को ३४ वर्ष अगाडी २०४६ साल भदौ ९ गते नै महाधिवेशन गरिएकै घरमा पुनः केन्द्रीय सचिवालयको बैठक आयोजना गर्न लागेको थियो यहि सम्पन्न ऐतिहासिक महादिवेशनले मदन भण्डारीको बहुदलित जनवादको दस्तावेज पास गरेरको र भण्डारीलाई नेतृत्वमा पुर्याएको थियो।

यस विचमा नेकपा एमाले पटक पटक राज्यसत्ताको बागडोर सम्हालिसकेपनि ऐतिहासिक स्थल मानिएको सर्रे आम्वासले त्यसको छनक पाउन सकेको छैन।
आज पनि यहाँ बाटो, विजुलीको सहज पहुँच छैन। यहाँको बासिन्दाले आज पनि ३४ वर्ष अधिकै अवस्था भोगीरहेका छन्।

पार्टीको बैठक हुने र केन्द्रिय नेताहरु आउने भनेपछि उत्साहित स्थानिय बैठक स्थिगितपछि निकारस भएका छन्। आज पनि समान्य वर्षा हुदा यहाँका बासिन्दा आफ्नै पालिकाको कार्यालय पुग्न सक्दैनन्।एमालका जिल्ला सहसचिव श्याम कुमार श्रेष्ठले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित