1

आईफोन जित्नुभएको छ’ भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठग्ने २ जना पक्राउ

हरियो पाटी

हरियो पाटी

0
SHARES
11
VIEWS

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् ।

टिकटक, फेसबुक र ह्वाट्सएपमा ‘जामजाम इलेक्ट्रोनिक्स’ मार्फत ‘तपाईँले लक्की ड्र मार्फत आईफोन जिन्नुभएको छ’ भन्दै पैसा उठाएका उनीहरूलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीहरूले ‘तपाईँले आईफोन जित्नुभएको छ, भन्सार पासका लागि पैसा पठाउनुहोस्’ भन्दै पैसा उठाइरहेका थिए ।

पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसनधान गरिरहेको छ । उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित