1

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

हरियो पाटी

हरियो पाटी

0
SHARES
14
VIEWS
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको शनिबार दिउँसो निधन भएको छ । बाराको गढीमाईसम्म शनिबार बिहान साइक्लिङ गरेर फर्किभएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस भएका थिए। बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकामा अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताए । ।

उनको आजै शव परीक्षण गराई हेलिकोप्टरबाट शव काठमाडौँ पठाउने तयारी भएको प्रजिअ रेग्मीले बताए । नुवाकोट स्थायी घर भएका थपलियाको परिवारजन काठमाडौँमा बस्दै आएको छ । उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरको प्रमुखको जिम्मेवारीमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित