1

सिरहामा वसीएमसीलाई सामग्री हस्तान्तरण

हरियो पाटी

हरियो पाटी

0
SHARES
8
VIEWS

बद्री नारायण यादव
सिरहा,१ भाद्र । दलित जन कल्याण युवा क्लब लहान सिरहाले एक कार्यक्रमको आयोगना गर्दै अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (वसीएमसी) लाई शुक्रवार सामग्री हस्तान्तरण गरेको छ ।
हिंसा पिडित तथा पिछडिएका वर्गको व्यवस्थापन गर्ने राज्यको दायित्व रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले बताए । खासगरी हिंसापिडित महिलाहरुको न्यायमा सहजताका लागि राज्यले वसीएमसी गठन गरेको उनले बताए । संस्थाले उपलब्ध गराएको सामग्रीले समितिलाई काम गर्न थप उर्जा मिलेको उनको दाबी छ ।
‘सानो सहयोगले ठुलो कामलाई सहज बनाई राखेको हुन्छ । सहयोग सानो र ठुलो होइन समय सन्दर्भ ठुलो हो’, उनले भने, ‘प्राप्त सामग्रीलाई उचित व्यवस्थापन गरेर आवश्कतामैत्री उपयोग गर्नुपर्ने हुन्छ । सामग्री उपलब्ध गराउने दातृ, आयोजक र समन्वय गर्ने निकायलाई धन्यवाद दिन चाहन्छु ।’
प्राप्त सामग्रीले वसीएमसीको अवधारण अनुरुप काम गर्न सहजता प्रदान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक टेकु नन्द इवा लिम्बुले बताए । सामग्रीले कार्यालय व्यवस्थापकिय पक्षसँगै पिडितलाई प्रत्यक्ष सहायता मिल्ने उनले दाबी गरे । वसीएमसीको अवधारणा र कार्यविधिलाई टेकेर दुरुस्त तवरबाट काम हुने दाबी गर्दै त्यस्ता कार्यमा जिल्ला प्रहरीले भरपुर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
संस्था स्थापना भए देखि सामाजिक रुपान्तरणका विभिन्न गतिविधि गर्दै आएको सन्दर्भमा एक्सनएडको आर्थिक सहयोगमा संचालित स्थानीय अधिकार कार्यक्रम (एलआरपी–३६) अन्तर्गत सामग्री खरिद गरी हस्तान्तरण गरिएको दलित जन कल्याण युवा क्लबका अध्यक्ष उमेश बिसुन्केले बताए ।
प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवको अध्यक्षतामा सामग्री हस्तान्तरण गरियो । ब्रोदर कम्पनीको कलर प्रिन्टर थान १,पेरी लाईट थान १,म्याग्निफाइङ्ग ग्लास थान १,टेलिफोन सेट थान १, हाईट स्केल थान १,माईक्रो स्कोप ग्लास बक्स १,ह्याण्ड सेनिटाईजर १० पीस, म्याक्सी १० थान, साल १० थान लगायतका सामग्रीहरु प्राप्त भएको वसीएमसीकी प्रतिनिधि ललिता कुमारी यादवले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित