1

सरकारी रकम हिनामिना गर्ने दुई प्रशासकीय अधिकृत भ्रष्टाचारमा तानिए

हरियो पाटी

हरियो पाटी

0
SHARES
5
VIEWS

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित सबइञ्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

उनीहरुले आपसी मिलोमत्तोमा आर्थिक वर्ष २०७४-०७५ मा गाउँपालिकाको वडा नं. १ खैरबामा बाटो ढलानको कामै नगरी कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गराएर एक लाख ४८ हजार ९१० रुपैयाँ सरकारी रकम हानिनोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम एक लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सजाय समेतको मागदाबी गरेको छ ।

यता, मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल पनि भ्रष्टाचारमा मुछिएका छन् । पार्क निर्माण कार्यमा अनियमितता गरेको आरोपमा अख्तियारले उनीसहित लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सबइन्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उनीहरुले छायाँनाथ रारा नगरपालिका वडा नं. २ स्थित जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको कम्पाउण्डभित्रको जग्गामा अनुमतिबिना पार्क निर्माणका लागि डिजाइन, नक्सा र लागत अनुमान तयार पारी स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० रुपैयाँ भुक्तानी दिएका थिए ।

जिल्ला वन कार्यालयले अनुमति नदिएकोले सम्झौताबमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरुसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकी उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की फछ्र्यौट हुन नसकेकोले ३८ लाख ४७ हजार ५०० रुपैयाँ सरकारी रकम हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको अख्तियारको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित