1

धनगढीमाई नगरपालिकाले सिचाइ मिटरको साढे १८ लाख रुपैयाँ बक्यौता बुझायाे

हरियो पाटी

हरियो पाटी

0
SHARES
14
VIEWS

सिराहाको धनगढीमाई नगरपालिकाले किसानले उपभोग गरेको सिचाइ मिटरको बक्यौता बुझाएको छ । नगरपालिकाले सिँचाइ मिटरबाट विद्युत खपत गरेवापतकोे साढे १८ लाख रुपैयाँ रकम नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रलाई बुझाएको नगर प्रमुख  शिव शंकर महतोले बताएका छन ।

ग्राहकले सिँचाइ मिटरबाट विद्युत खपत गरेबापत १८ लाख २२ हजार ६ सय १४ रुपैयाँ नगरपालिकाका नगर प्रमुख महतोले केन्द्रका इन्जिनियर संयोग बिश्वकर्मालाई हस्तान्तरण गर्नु भयो । नगरपालिकाले १४  वटा वडाका सिँचाइ महुसुल बक्यौता बुझाएको छ ।

‘नगरपालिका अन्तर्गतका केही ग्राहकले भने सिँचाइको महसुल आफैले बुझाएका थिए,’ उनले भने, ‘मिटर रिडिङ गर्दा बाँकी रहेका ग्राहकको बक्यौता नगरपालिकाले बुझाएको हो ।’ आगामी दिनमा नगरपालिका अन्तर्गत सिँचाइ गरेबापत खपत भएको विद्युतको महसुल नगरपालिकाले नै तिर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित