साउन २ सिरहा – सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा मंगलबार बिहान एक वृद्धको शव भेटिएको छ । लहान– १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७४ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो।
लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीयले बताए । स्थानीयका अनुसार बजारमा सोमबार अत्यधिक मदिरा सेवन गरी साँझ घर फर्किने क्रममा गुदीगाउँ मोडनजिकको सडकमा लडेपछि छोराबुहारीलाई खबर गरिएको भए पनि लिन नआउँदा रातभर त्यहीँ रहेको र बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको उनले बताए।
शवको प्रकृति हेर्दा अत्यधिक मदिरा सेवन गरेजस्तो देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । उनका अनुसार मंगलबार बिहान करिब ६ बजेतिर घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई शव पोस्टमार्टम पछि सव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
Discussion about this post