1

दलित भएको भन्दै काेठाबाट निकालेकाे आरोपमा घरबेटी पक्राउ

हरियो पाटी

हरियो पाटी

0
SHARES
8
VIEWS
सिरहाबाट ब्राउन सुगरसहित तीन युवक पक्राउ

असार १६ दाङ – दाङमा दलित भएको भन्दै काेठाबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १७ का ताराप्रसाद पोखरेललाई शनिवार आज पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पोखरेलले आफ्नाे घरमा भाडामा बसेका पञ्चल देवल नगरपालिका-७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गाउँपालिका-३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएकाे छ  ।

पोखरेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित