1

मेयर बालेनकाे निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता

हरियो पाटी

हरियो पाटी

0
SHARES
6
VIEWS

 

मेयर बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि उनीहरूले बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्।

उच्च अदालत पाटनका प्रवक्ता मन्दिरा शाहीले हल सञ्चालकहरूले मुद्दा दर्ता गरेको अन्नपूर्णलाई बताइन्। शाहीका अनुसार चलचित्र संघको तर्फबाट उनीहरूले मुद्दा दर्ता गराएका हुन्।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएको छ। उक्त मुद्दाको पेसी बिहीबारको लागि तोकिएको छ।

मेयर बालेनले भारतीय फिल्म आदिपुरुषमा राखिएको ‘सीता भारतकी छोरी’ भन्ने सम्बाद नहटाएसम्म हिन्दी फिल्ममा प्रदर्शनमा रोक लगाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित