जेठ १७ सिरहा- सिरहा जनता समाजवादी पार्टी (जसपा)की सांसद ललिता दासले लहान नगरपालिकाका मेयर महेश चौधरीले आफुमाथि अपमान गरेको भन्दै न्याय मागेकी छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले अपमान गर्ने मेयर चौधरीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् ।प्रमुख अतिथि बन्न नदिएर मेयर चौधरीले आफूलाई अपमान गरेको उनको आरप छ।
लहानमा ‘दलित जनकल्याण युवा क्लवले प्रमुख अतिथिको रुपमा मलाई बोलाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आसनग्रहण समेत गराइयो । तर, मेयर चौधरीले आक्रोशित भएर पुनः कार्यक्रम सुरु गर्न लगाए र उनी आफू प्रमुख अतिथि बने ।’
मेयर चौधरीले आफूलाई मात्र नभएर सम्पूर्ण दलित र महिलालाई अपमान गरेको सांसद दासको आरोप छ । उनले संविधानको समेत धज्जी उडाउने संस्थाका अध्यक्ष विनोद विसुन्के र मेयर चौधरीमाथि मानहानी मुद्दा दर्ता हुनुपर्ने बताइन् ।
चौधरी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । निर्वाचनमा गठबन्धन भएकाले आफूसमेतले सहयोग गरेको तर अहिले उनै मेयर चौधरीले जातको नाममा दलित माथि विभेद गरिरहेको सांसद दासले आरोप लगाइन् ।
Discussion about this post