1

अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप, १० जनाको मृत्युु

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS

जेठ १४ काठमाडौं – अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाकोा मृत्यु भएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको मृत्यु  भएको हो ।

हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको मृत्युु भएको थियो । त्यसपछि मृत्यु हुनेहरुका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित