1

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

हरियो पाटी

हरियो पाटी

0
SHARES
2
VIEWS

काठमाण्डाै – आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गर्नुभयो । यसअघि आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ । सरकारले पर्सि जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित