1

गाेलबजार नगरपालिकाले कृषकहरूलाई उन्नत जात धानको बीउ वितरण गर्दै

हरियो पाटी

हरियो पाटी

0
SHARES
159
VIEWS

जेठ १० सिरहा । सिरहाको गाेलबजार नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण शुरु गरेको छ ।

गाेलबजार नगरपालिका १३ वटै वडाका किसानहरूलाई उन्नत जातको धान उत्पादन गर्न धान बिउ वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख  रामनारायण महताेले बताउनुभयो । शाखा प्रमुख महताेका अनुसार ।

१० मेट्रिकटन बीउ वितरण गर्ने लक्षय रहेकाे बताउनुभयो । गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

गाेलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार  श्रेष्ठले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताउनुभयो ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा २० प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यवस्थापन गरेको नगरप्रमुख श्याम कुमार श्रेष्ठले बताए । बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।

उक्त धान बिउ नगरक्षेत्रका तीन सयभन्दा बढी कृषक र कृषक समूहलाई उन्नत जातको सुख्या ३, रामधान सम्भास-१, हर्दिनाथ लल्का बासमति र स्वर्णसव–१,  जातको धानको बिउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ ।

धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित