1

सशस्त्र प्रहरी बल र आँखा अस्पतालबीच उपचार छुटको सम्झौता

हरियो पाटी

हरियो पाटी

0
SHARES
7
VIEWS

जेठ ५ सिरहा – सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहा र सगरमाथा चौधरी आँखा अस्पताल लहानबीच उपचार सेवामा छुट सम्बन्धमा सम्झौता भएको छ।

बोर्डर आउटपोष्ट नवराजपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेको विशेष पहलमा अस्पतालका तर्फबाट अध्यक्ष रविन्द्रलाल चौधरी र वरिष्ठ अस्पताल प्रबन्ध अभिषेक रोशन तथा सशस्त्र प्रहरी उपरीक्षक (नम्बर ७ गणपति) प्रमोद भारती र डिएसपी निलकमल आचार्यले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सिरहा जिल्लासहित मधेस प्रदेशका सशस्त्र प्रहरी कर्मचारी र उनका परिवारलाई सगरमाथा चौधरी आँखा अस्पतालले आँखा, कान तथा घाँटीको उपचार सेवामा २५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।

जनरल ओपिडी कार्डमा २५ प्रतिशत, प्याथोलोजि जाँचमा २० प्रतिशत, आँखाको मोतीबिन्दु (दश हजारसम्मकोमा) २० प्रतिशत छुट दिने सम्झौता भएको छ। नाक, कान, घाँटी सेवामा २० प्रतिशत छुट उपलब्ध गराउने, आँखाको अन्य शल्यक्रिया (रेटिना, कोर्निया, ग्लुकोमा, अकुलोप्लाष्टि) सेवामा १० प्रतिशत छुट दिने उल्लेख छ।

पूर्व सशस्त्र प्रहरी र उनका आश्रित परिवारको हकमा मधेस प्रदेश भित्र नजिकका सशस्त्र प्रहरी कार्यालयले प्रमाणित गरेको सिफारिसको आधारमा छुट उपलब्ध हुने उल्लेख छ।

पारिवारिक आर्थिक अवस्था नाजुक रहेका कर्मचारी र उनका परिवारको हकमा दुवै पक्षको आपसी सहमतिमा सम्झौतामा उल्लेख भएको छुटभन्दा थप छुट सेवा उपलब्ध गराउन सकिने उल्लेख छ।

सम्झौता पत्र हस्ताक्षर गर्दै अस्पतालका अध्यक्ष चौधरीले भने, ‘राष्ट्र र नागरिकको सुरक्षामा खटिने सशस्त्र प्रहरीकर्मीलाई सेवा गर्ने अवसर प्राप्त हुँदा गर्भ महसुस भइरहेको छ। हामीले मधेस प्रदेशबाट सुरु गरेको यो अभियान देशव्यापी बनोस् भने चाहना छ, उनले भने।

सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीले भने, ‘एक त यस अस्पतालको उपचार सेवा अन्यको तुलनामा सस्तो छ, त्यसमा पनि थप छुट दिएर अस्पतालले सेवा भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यस उदारताका लागि अस्पतालका अध्यक्ष र प्रशासकलाई धन्यवाद दिन चाहन्छु, उनले भने।

सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेका अनुसार केही महिना अघि यस अस्पतालमा कानको शल्यक्रिया गराउन आउँदा अस्पतालको सेवाबारे अनुभूति गरेको थिएँ। यस अस्पतालमा सस्तो मूल्यमा आधुनिक र विशिष्टतम उपचार सेवा अनुभूति गरेँ उनले भने, ‘यहाँको उपचार सेवा र व्यवहारबाट प्रभावित भएँ।’

मधेस प्रदेशमा करिब ५५ सय सशस्त्र प्रहरी कर्मचारी छन्। पूर्व कर्मचारी र उनका परिवार गरी करिब १० हजारले यो सम्झौताबाट उपचार लाभ पाउने निश्चित भएको छ।

यस अस्पतालले अन्धोपन निवारणको क्षेत्रमा देशमा मात्र नभई विश्वमै अब्बल आँखा अस्पतालमा दर्ज छ। शल्यक्रियाको आधारमा यो अस्पताल विश्वकै दोस्रो ठुलो आँखा अस्पतालमा गनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित