सिरहा,३० वैशाख। सिरहाको गोलबजार नगरपालिकाले भूमिहिन दलित तथा भुमिहिन सुकुम्वासीलाई निस्सा वितरण गरेको छ। गोलबजार नगरपालिका ३ मा एक कार्यक्रमको आयोजना गरि वडाका चार सय ८६ जना दलित सुकुम्वासी तथा भूमिहिन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो।
निस्सा वितरण कार्यक्रममा गाेलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले आजबाट निस्सा वितरण कार्यक्रम सुरुभएकोले १३ वटै वडामा भूमिहिन सुकुम्वासी र दलित सुकुम्वासीको पहिचान गरी भूमिपति बनाउने प्रतिबद्धता जनाए। उनले भने, ‘गोलबजार नगरपालिका ३ बाट निस्सा बितरण गर्ने कार्यक्रम सुरुवात मात्र गरेको हुँ; अव सुकुम्वासी कुन–कुन वडामा कति छ, खोजतलास गर्दै गोलबजारको १३ वटै वडामा निस्सा बितरण कार्यक्रम हुन्छ।’
राष्ट्रिय भूमि आयोगका सिरहा जिल्ला अध्यक्ष रामअधिन यादबले विगतका आयोगभन्दा फरक ढङ्गले काम गर्ने जनाए। उनले आयोगले सुकुम्वासी, भूमिहनहरुलाई पुर्जा वितरण सुरु गरिसकेको बताउँदै आउँदा दिनमा यसले तिव्रता दिने बताए।
वडा अध्यक्ष धनप्रसाद लामाको अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा नगर उप–प्रमुख मान्ती देबि साह, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालसहित विभिन्न कार्यालयका प्रमुख, वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो।
Discussion about this post