1

भालुको आक्रमणबाट गम्भीर घाइते युबककाे बिराटनगरमा उपचार हुँदै 

हरियो पाटी

हरियो पाटी

0
SHARES
25
VIEWS

सिरहा,२९ वैशाख ।
सिरहाको गोलबजारमा भालुको आक्रमणबाट गम्भीर घाइते  युबकको बिराटनगरमा उपचार हुदै छ।साथीहरुसँग घाँस दाउरा लिन जंगल गएकाबेला भालुको आक्रमणबाट गोलबजार नगरपालिका १० का २७ वर्षिय खिमराज सुनुवार घाइते भएको हो ।
गाउँ नजिकैको जङलमा चार पाँच जना साथिको समूहमा दाउरा, घाँस ल्याउन जङल गएका बेला अचानक दुई वटा भालु आएको देखेपछि सवैजना भागेपनि सुनुवार भालुको आक्रमणमा परेको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई बिश्वबहादुर बुदाथोकीले जान्कारी दिए । भालुको आक्रमणबाट सुनुवारको अनुहार, हात, छात्ति सहित शरीरको विभिन्न भागमा घाउ भएको छ ।
घाईते सुनुवारको स्थानिय स्तरमा उपचार सम्भब नभए पछि थप उपचारको लागि बिराटनगर लागिएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई बिश्वबहादुर बुदाथोकीले जान्कारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित