1

मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k'iksdn bfxfn…k|r08Ú pkk|wfgdGqLx?,ljleGg bnsf zLif{ g]tfx?nufot ;f+;b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै – प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ सर्वसम्मतरूपमा स्वीकृत भएको छ । सभाको आज बुधवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले याे अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले याे अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराउनुभएको थियो ।

यही वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले याे अध्यादेश प्रतिनिधि सभामा पेस गर्नुभएको थियो । याे अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित