काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खासगरी सामाजिक सञ्जालमा गर्ने कतिपय टिप्पणी विवादमा पर्ने गरेका छन्।
पछिल्लो पटक राजनीतिक दलका नेताहरूप्रति उनले गरेको एउटा टिप्पणीबारे विभिन्न चर्चापरिचर्चा भइरहेको छ।
मङ्गलवार गरेको एउटा फेसबुक पोस्टमा मेयर शाहले नेताहरूलाई “चोर” को सङ्ज्ञा दिएका छन्।
“नयाँ, पुराना सबै नेता चोर हुन्। कसैलाई पनि देशको माया छैन,” उनले लेखेका छन्।
यसअघि पनि कैयौँ पटक ‘विवादास्पद टिप्पणी गरेको’ भन्दै उनको आलोचना भएको थियो।
गत पुस ९ गते मेयर शाहले नवनिर्वाचित सांसदहरूलाई “नयाँ गफाडी” भएको आरोप लगाएका थिए।“नयाँ सांसदहरू, नयाँ गफाडीहरू। उही पुरानो देश। उही पुराना व्यापारीहरू,” उनले ट्वीट गरेका थिए। चैत २५ गते देशको प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाइने घोषणा गर्दै शाहले नेताहरूलाई सिसडोलमा राख्नुपर्ने टिप्पणी गरे।
“आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।”
त्यसको पाँच दिनपछि उनले सिंहदबारसँगै सम्बन्धित अर्को टिप्पणी गरे।
“कि काठमाण्डूको हितमा काम गर्नुहोस् कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाण्डूवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नूस् कि राजधानी सार्नूस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ। राजनीति होइन।”
गत निर्वाचनमा प्रदेशसभातर्फ भोट नदिएका मेयर शाहको कदमबारे पनि विभिन्न टीकाटिप्पणी भएका थिए।
अहिलेको प्रादेशिक संरचनाप्रति नै विमित रहेको रूपमा उनको कदमलाई एकथरीले अर्थ्याएका थिए।
सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया?
मेयर शाहको पछिल्लो टिप्पणीलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले विभिन्न रूपमा अर्थ्याइरहेका रहेछन्।
पत्रकार गोपाल खनालले हामी कता जाँदैछौँ भनी प्रश्न गरेका छन्।
“कांग्रेस महाधिवेशनमा हो क्यार, राजेन्द्र लिङदेनले भनेका थिए: नेता आयो भने गाउँघरतिर चोर आयो भन्छन्. पछि राप्रपा राष्ट्रिय पार्टी बन्यो, सिट, मत बढ्यो। अहिले बालेन भन्दैछन्: नयाँ, पुराना सबै नेता चोर हुन। र, बालेनको ‘हाई-हाई’ नै छ। के भन्ने यस्तै हो त? कता पो जाँदैछौँ?
यो Twitter पोस्ट छोड्नुहोस्, 1
Twitter को सामग्रीलाई अनुमति छ?
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।
Twitter पोस्ट समाप्त, 1
लेखक खग्रेन्द्र सङ्ग्रौलाले मेयर शाहको टिप्पणीप्रति व्यङ्ग्य गर्दै ट्वीट गरेका छन्।
“कतिपयले जेहेनदार, चतुर आँटिला र आशलाग्दा भनी हाईहाई गरेका बालेन्द्र शाहको पछिल्लो दिव्यवाणी- “नयाँ-पुराना सबै नेता चोर हुन्।” बालेन सरले भन्न छुटाएको दिव्यवाणी- नेपालमा एक र एकमात्र सज्जन म हुँ, म दिव्य बालेन्द्र शाह।”
Twitter को सामग्रीलाई अनुमति छ?
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।
Twitter पोस्ट समाप्त, 2
ट्विटरमै डा. रामेश कोइरालाले समाज कता जान लागेको भन्ने भेउ पाउन छोडेको भनी टिप्पणी गरेका छन्।
“हाम्रा मेयरहरूका स्टाटस अनि त्यसका प्रतिक्रियामा आएका सकारात्मक टिप्पणीको बाढी। अरू त के भन्नु र? श्री पशुपतिनाथ (का बाँदर) ले कल्याण गरून्।”
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।
Twitter पोस्ट समाप्त, 3
तर महेन्द्र खड्काले सत्य तीतो हुन्छ भन्दै मेयर शाहको टिप्पणीप्रति समर्थन जनाएका छन्।
उनले लेखेका छन्, “बालेन दाजुको कुरा तिमीहरूलाई पच्न अलि गाह्रो छ। पाचक खाएर भए पनि पचाऊ है। सत्य कुरा सधैँ तीतो हुन्छ।”
यो Twitter पोस्ट छोड्नुहोस्, 4
Twitter को सामग्रीलाई अनुमति छ?
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।
Twitter पोस्ट समाप्त, 4

तस्बिर स्रोत,FACEBOOK/BALEN
शाहका सहयोगी के भन्छन्?
निर्वाचित भएयता मेयर शाहले सञ्चारमाध्यमसँग खासै कुरा गर्ने गरेका छैनन्।
पछिल्लो टिप्पणीबारे प्रतिक्रिया लिन बीबीसीले सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् भने काठमाण्डू महानगरका प्रवक्ताको पनि फोन उठेन।
मेयर शाहका एक निकट सहयोगी कुमार व्यञ्जनकारले फोन उठाए पनि पछिल्लो टिप्पणीबारे आफू जानकार नरहेको प्रतिक्रिया दिए।
“त्यो त उहाँको व्यक्तिगत कुरा हो। मैले अहिले भेटेको पनि छैन। बुझेर म खबर गर्नछु नि,” बीबीसीसँग उनले भने।
राजनीतिशास्त्री के भन्छन्?

तस्बिर स्रोत,COURTESY: KMC
मेयर शाहले आफूले सोचे जस्तो काम गर्न नपाएर पनि बेलाबखत त्यस्ता टिप्पणी गरेको हुनसक्ने कतिपय विश्लेषक बताउँछन्।
त्यस्तैमध्ये एक राजनीतिशास्त्री कृष्ण पोखरेल भन्छन्, “उनबाट मतदाताको अपेक्षा उच्च छ। त्यस्तो अवस्थामा अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशाका अभिव्यक्तिको रूपमा पनि उनले त्यसरी बोलेको हुनसक्छ।”
“फेरि हाम्रा राजनीतिक नेता पनि त्यस्तै छन्। भन्छन् एउटा तर गर्छन् अर्को,” नेताहरूको प्रवृत्तिबारे उनले थपे।
स्वतन्त्र उम्मेदवारका रूपमा जित्दा आफ्नो टिम नहुने भएकोले काममा मेयर शाहलाई असहयोग भएको हुनसक्ने राजनीतिशास्त्री पोखरेलको ठम्याइ छ।
तर ‘हल्का टिप्पणी’ गर्दा बालेन शाहलाई नै घाटा पुग्नेतर्फ पोखरेल सचेत गराउँछन्।
“एउटै कुरालाई भाँती पुर्याएर बोल्दा र ठाडै बोल्दा फरक पर्छ। हल्का खालको टिप्पणी गर्दै गए उनको आफ्नै लोकप्रियतामा क्षयीकरण हुन्छ।”
Discussion about this post