काठमाडौँ — महानगरभित्रका विभिन्न बेथिति हटाउने काम, कर्तव्य र अधिकारप्राप्त काठमाडौं महानगर प्रहरीका केही प्रहरी आफै कार्यालयमा तास खेलेको पाइएको छ ।
टेकुस्थित नगर प्रहरीको कार्यालयमा पोसाकमै नगरप्रहरीहरू तास खेलेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कार्यालय समयमै तास खेल्ने नगर प्रहरीहरूमा नगर प्रहरी नायब निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् । उक्त तस्बिर बुधबार दिउँसोको भएको बताइएको छ । महानगर प्रहरी बल प्रमुख नगर उपरीक्षक राजुनाथ पाण्डेले दोषीलाई कारबाही हुने बताए । उनले भने, ‘जसले गल्ती गर्छ त्यसलाई प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।’
उनले अफिस टाइम सकिइसकेकाले घटनाका बारेमा सबै कुरा भन्न नमिल्ने पनि बताए । ‘अहिले सबै कुरा भन्न मिल्दैन । अफिस टाइम सकिइसक्यो । हाम्रो सिस्टमले चल्छ । प्रचलित कानुनअनुसार जे हुन्छ त्यही कारबाही हुन्छ । यो अनुशासनहीनजन्य कार्य हो । कारबाही हुनुपर्छ ।’
Discussion about this post