1

प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा जेठ १३ गते गर्ने निर्णय

हरियो पाटी

हरियो पाटी

0
SHARES
12
VIEWS

बैशाख २१ काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार केन्द्रीय साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलका गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित गरिएको थियो ।

कार्यक्रममा देशभरबाट ६ सय वढि सहभागि हुने बताइएको छ । प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित