बैशाख १९ सिरहा । जिल्ला अदालत बार सिराहाले न्यायाधीश लिलाराज अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला बारको बैठकले न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको हो ।जिल्ला अदालत बार, सिराहाका अध्यक्ष मदन साहका अनुसार न्यायाधीश अधिकारीले विधिशास्त्रीय मान्यताविरुद्ध आदेश तथा फैसला गरेको, मेलमिलापबाट टुङ्ग्याउनुपर्ने मुद्दालाई पनि मेलमिलापमा नपठाएको र मुद्दा स्थगित गर्न दिइएको निवेदन अस्वीकार गरी फैसला गरेको लगायतका आरोप लगाएका छन् ।
आइतबार साँझ जिल्ला अदालत बारको बैठक बसी न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरिएको र मंगलबार कार्यालय खुलेलगत्तै सो को जानकारी सिराहा जिल्ला अदालत लगायतका सरोकारवाला निकायलाई दिइने अध्यक्ष साहले बताएका छन ।
यता न्यायाधीश अधिकारीले भने आफूले कुनै कमजोरी नगरेको बताएका छन् । संक्षिप्त कुराकानी गर्दै न्यायाधीश अधिकारीले जग्गा किचलोसम्बन्धी मुद्दामा मेलमिलापमा पठाउनुभन्दा पहिले मालपोत र नापीबाट कागजात झिकाउन आदेश दिएकै कारण आफूमाथि त्यस्तो आरोप लगाइएको दाबी गरे । उनले भने, ‘तराइका जिल्लामा जग्गासम्बन्धी किचलो बढी हुन्छ । मेलमिलापमा आएर कतिपय जग्गालाई
वैधानिकता दिन खोजिएको तथ्यहरू पनि आउने गरेका छन् । त्यसकारण पहिले नापी र मालापोतबाट जग्गाको प्रकृति, अवस्था आदिबारे बुझ्नलाई आदेश गरेको थिउँ, उहाँहरूले त्यही विषयलाई उठाउनुभएको भन्ने सुनेको छ । हालसम्म मलाई त्यस सम्बन्धमा कुनै जानकारी छैन ।’
यता सिरहा जिल्ला अदालतका श्रेष्तेदार जगदीश्वर भट्टराईका अनुसार मंगलबार कार्यालय खुलेलगत्तै न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्नेसम्बन्धी पत्र जिल्ला बारले अदालतलाई बुझाइसकेको छ ।दवाब साेरुप दिउँसो १:३० बजे देखि २:३० बजे सम्म जिल्ला बारको अगाडि धर्नामा बसेको बताएका छन । साभार राताेपाटी बाट
Discussion about this post