1

सिरहामा पारा मेडिकल कार्यक्रम सम्पन्न

हरियो पाटी

हरियो पाटी

0
SHARES
11
VIEWS

 सिरहा,१६ वैशाख । आर्या फर्मा ल्याब प्रालिको आयोजना र मनिष मेडिसिन सेन्टर सिरहाको समन्वयमा एकदिने पारा मेडिकल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम सिरहामा रहेको मनिष मेडिसिन सेन्टरको प्राङ्गणमा भएको सो कार्यक्रममा सिरहा नगरपालिकाका नगर प्रमुख डा.नवीन कुमार यादवले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर विशेष प्रकारका करीकामहरु ल्याउन लागेको बताए ।
‘ विगतका दिनमा यो फर्मासंग जुडेर स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको छु,’ नगर प्रमुख यादवले भने,’ राम्रो औषधि उत्पादन गरेपछि मूल्यांकनमा नेपालमा तेश्रो स्थान हासिल गरेको छ ।
‘ सुखी जीवनका लागि पैसा कमाउनु राम्रो हो । सबैले कमाउ छ,’ उनले भने,’ आफूसँगै आफ्ना समाजका लागि योगदान गर्नुपर्ने खाँचो छ । सबैले सामाजिक रूपान्तरण खासगरी स्वास्थ्य सेवामा योगदान गर्नुपर्ने हुन्छ ।’
विपन्न लक्षित गरिने स्वास्थ्य सुधारका कार्यक्रममा सहयोग गरिदिन उनले आग्रह गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका कार्यहरूमा यस फर्मले उत्पादन गर्दै आएको वस्तु तथा सेवालाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाए ।
खासगरी यो फर्माले औषधि उत्पादन गर्दै आएको फर्माशिष्ट विवेकानन्द भुडेरले बताए ।उत्पादित औषधि तथा सेवाबारे आउने सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने उनको दाबी छ ।
मनिष मेडिसिन सेन्टर सिरहाका सञ्चालक जागेश्वर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका जेनरल मेनेजर विकास बराल, विवेकानन्द भुडेर, दिलीप कुमार पटेल लगायतले कम्पनीको उत्पादित औषधि र सेवाबारे मन्तब्य तथा डेमो प्रस्तुति दिएका थिए ।
साथै सो डेमो तथा प्रस्तुतिमाथि सहभागिहरुले सबाल जवाफ गरेका थिए । कार्यक्रममा सिरहा र सप्तरीका औषधि पसल,हेल्थ केयर, किल्निक सञ्चालक तथा डाक्टरहरूको सहभागिता रहेको जनाइएको छ । जम्मा एक सय ९२ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित