1

बैतडीमा जीप दुर्घटना ६ जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS

बैतडी : जीप दुर्घटना हुँदा बझाङका ६जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका- ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्। मृत्यु भएकाहरु सबै एकै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

जीपमा सवार रहेका ५ जना सकुसल रहेका छन्। जीप सडकबाट खस्ने क्रममा हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ। चालक सम्पर्कविहीन छन्। जीपमा चालकसहित १२ जना सवार थिए।

घटनास्थलबाट शव ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ। उकालो सडमा गुडीरहेको जीप एक्कासी पछाडी आएको र भिरमा खसेको जीपमा सवार जङ्गी बोहराले बताए। ‘हामी ५ जना पछाडी बसेका थियौँ, उकालो सडक थियो, एक्कासी पछाडि आयो, हामीले हामफाल्यौँ, अगाडि सवार सबैजना गाडीसँगै खसे, चालकको अत्तोपत्तो पाएनौँ,’ जीपमा सवार बोहराले भने।

रोजगारीको सिलसिलामा भारतमा रहेकाहरु दुर्घटनामा परेका हुन्। मंसिरको चुनावमा भोट हालेर रोजगारी गर्न भारत गएको बताउँदै जङ्गी बोहराले नयाँ वर्ष मनाउन घर आउने क्रममा दुर्घटनामा परेको बताए।  जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित