1

नेपाली सेनाको साइवर स्पेसमा हमला, एक जना पक्राउ

हरियो पाटी

हरियो पाटी

0
SHARES
4
VIEWS

काठमाडौँ । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् । साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार

गरेको थियो । सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो ।  लगत्तै साइबल ब्युरोको

टोलीले बिहीबार बाटुलेचौरबाटै पक्राउ गरेको हो । ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको बताए । राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित