1

गोलबजारबाट ११ बोरा चिनी र ४ बोरा सुर्ति प्रहरी नियन्त्रण

हरियो पाटी

हरियो पाटी

0
SHARES
37
VIEWS

सिरहा, १० चैत ।
सिरहा सशस्त्र प्रहरी बल वेस क्याम्प गोलबजारबाट विल नभएको ११ बोरा चिनी र ४ बोरा सुर्ति बरामद गरेको छ । व्यवसायीले ना. १ ख ९०३१ नम्वरको ट्रकमा लहानबाट कटारि लादै गरेको ११ बोरा चिनी र ४ बोरा सुर्ति सशस्त्र प्रहरीले गोलबजारबाट बरामद गरेको हो ।
शंकालागि चेकजाँच गर्ने क्रममा विल नभएका चिनी र सुर्ति फेला परेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीबल सिरहा ७ नम्बर गडका डि एस पि निलकमल अर्चायले जनाएका छन ।
नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खटोकामा बुझाएपनि ट्रकलाइ बिना कार्वाही छाडिएको हो । ट्रकमा विल सहितका अन्य सामान रहेकाले छोडिएको गडका डि एसपि निलकमल अर्चायले जनाएका छन । सामान कसले लगिरहेको विषयमा सशस्त्र प्रहरीले बताउन चाहेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित