1

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

हरियो पाटी

हरियो पाटी

0
SHARES
6
VIEWS

चैत्र ६,  काठमाडौं सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय बैठकबाट भएको जानकारी दिनुभयो ।

यसअघि सो मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समितिको निर्णयको विरोधमा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित