1

जसपाले मञ्जु अन्सारीलाई सांसद बनाउने निर्णय

हरियो पाटी

हरियो पाटी

0
SHARES
2
VIEWS

सिरहा – जनता समाजवादी पार्टीले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय गरेको छ।

आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको  जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमन बताए।

जसपाका समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा अन्सारीलाई पठाउने निर्णय भएको हो।

अन्सारीको नाम मुस्लिम कल्सटरको दोस्रो नम्बरमा थियो।अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता सुमनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित