1

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

हरियो पाटी

हरियो पाटी

0
SHARES
12
VIEWS

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ । संघीय संसद्को स्काइलाइट हलमा राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो । बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

यस्तै प्रदेशतर्फ  ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । मत पेटिका खन्याएर गन्न थालिएकाले अबको केहीबेरमै नतिजा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित