1

ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण

हरियो पाटी

हरियो पाटी

0
SHARES
1
VIEWS

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्तिमा नेपाल सरकारले ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएकी छन्।

उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरूद्ध गद्दारी गरेको बताएका थिए।

मन्त्री शर्माले उक्त ठाउँमा विश्वविद्यालय खोल्न सहयोग गर्न भन्दै भारतीय दूतावासमा पत्र लेखिएको भनी समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेकी छन्।सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलावद्ध रूपमा सार्वजनिक हुनु दु:खद छ,’ मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन साभार सेताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित