1

कमला पुलको निर्माण दुई साताभित्र सुरु गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

हरियो पाटी

हरियो पाटी

0
SHARES
39
VIEWS

सिरहा – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने  कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सोमबार उक्त पुलको निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । उनले पुलको डिजाइन पेश भइसकेको बताउँदै सो डिजाइन स्वीकृत गराएर निर्माण कार्य सुरु हुने बताए ।

निरीक्षणको क्रममा स्थानीयहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग हाललाई अस्थायी पुल बनाउन माग गरेका थिए । उनले सर्वसाधारणलाई तत्काल आवतजावत गर्न नदीमा ह्युमपाइप राखिदिन समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।

तराई मधेसको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा र सिराहाका सर्वसाधारणले  सास्ती भोग्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित