1

दिलीप महतो हत्यामा संलग्न २ जनालाई २५ र एक जनालाई १२ वर्ष कैद

हरियो पाटी

हरियो पाटी

0
SHARES
5
VIEWS

जनकपुर, १२ फागुन। अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका दिलीप महतोको हत्यामा संलग्न २ जनालाई २५ वर्ष कैदको फैसला सुनाइएको छ।

जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो।

दिलीपको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ।  विपिन र मुनिन्द्रलाई ५/५ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतले बताए।

उनीहरूले जरिवाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको हो।

यसअघि फागुन ३ गते उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो।

नेपालखवरबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित