1

गोलबजार उद्योग ब्यापार संघमा विजय साहको प्यानल निर्वाचित

हरियो पाटी

हरियो पाटी

0
SHARES
20
VIEWS

सिरहा, ११ फागुन। उद्योग ब्यापार संघ गोलबजारको आज सम्पन्न मत परिणाम अनुसार विजय साह प्यानलसहित निर्वाचित भएका छन्। सार्वजनिक मत परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जीवछ साहको प्यानललाई उच्छिनदै विजय साहको प्यानल निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा निर्वाचित विजय साहल ९८१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जिवछ साहले ६३६ मत प्राप्त गरेका छन्। प्रथम उपाध्यक्ष राकेश कुमार साह ‘गुप्ता’ एक हजार ६३ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अरविन्द कुमार सिंहले ५८८ मत प्रप्त गरेका छन्। द्वितिय उपाध्यक्ष त्रिदेव कुमार साह एक हजार ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी विनोद कुमार साहले ६०८ मत प्रप्त गरेका छन्।

त्यसैगरी, कोषाध्यक्षमा मोहम्मद एकलाख खाँ ९७० मत सहित निर्वाचितहुँदा प्रतिस्पर्धी उपेन्द्र गण्डाले ६५५ मत प्राप्त गरेका छन्। सचिवमा राजदेव यादव ९८० मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राजकुमार महतोले ६६३ मत प्राप्त गरेका छन्।

सहसचिवमा वीरेन्द्र सिंह एक हजार ९० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुनिल पूर्वेले ५४५ मत प्राप्त गरेको छन्।

उद्योग व्यापार संघ गोलबजारको प्राङ्गणमा बुद्धबार सम्पन्न निर्वाचनमा ९१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रसान्त साहले जनाएको छ।

जम्मा एक हजार ८७० मतदातामध्येय एक हजार ६९९ मत पोलिङ् भएको निर्वाचन अधिकृत साहले जानकारी दिए। बुधबार राति १० बजेबाट मतगणा सुरुगर्ने भनेपनि प्रतिनिधीहरुकै सहमतिमा आज विहान ८ बजेबाट मतगणणा सुरु भएको थियो।

निर्वाचनमा तीन अध्यक्ष, दुई प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, दुई महाशचिव, दुईजना सहिव र दुईजना कोषाध्यक्ष सहित १३ जनाको उम्मेद्वारी परेको थियो।

उद्योग ब्यापार संघका ९ जना सदस्यहरुभने निर्विरोध निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित