सिरहा, २९ माघ। सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आगलागीहुँदा करोडौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ। गोलबजार नपा ४ मा रहेको मलको गोदाममा आज अपरान्ह विद्युत सर्किट सर्टभएर आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको हो।
आगलागीका कारण मलमा विक्रिका लागि ल्याईएका सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनसहित पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री काम नलाग्ने भएको मलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिए।
उनले जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा विक्रिकोलागि ल्याइएका सामाग्री काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सरवर कम्यूटर, सीसीक्यामेरा लगायतका सामानपनि जलेको राउतले बताए।
आगलागीका कारण गोदाम रहेको भवनमा पनि क्षति पुगेको राउतले सुनाए। उनले गोदाममा रहेका सामाग्रीको प्राथमिक विवरणहरु आएपनि क्षतिको विवरण अझै संकलन गर्न बाँकी रहेको जनाए।
आगो भर्खरैमात्र नियन्त्रणमा आएकोले क्षतिको विवरण तत्काल भन्न नसकिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले बताए। पटक पटकको प्रयासपछि आगो भर्खर नियन्त्रण भएको बताउँदै इन्सपेक्टर केसीले क्षेतिको विवरण संकलन कार्यभईरहेको बताए।
स्थानीय, गोलबजरनगरपालिका, सिरहा नगरपालिका र लहान नगरपालिकाको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Discussion about this post