1

बाटो नै नभएको ठाउँलाई नगर प्रमुखद्वारा बाटोको सिफारिश

हरियो पाटी

हरियो पाटी

0
SHARES
48
VIEWS

सिरहा,माघ १६ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले अरुको क्षेत्राधिकार मिच्दै बाटो नै नभएको जग्गालाई बाटो भएको सिफारिश गरेको छ ।

नगरपालिकाको साविक गा.वि.स.हनुमाननगर प्र.ध. वडा नं. ७ हाल धनगढीमाई नगरपालिका वडा नं. ३ सुनैर देवी तेलीनको नाउँमा दर्ता कायम रहेको जग्गा साबिक गा.वि.स. भवानीपुर प्र.ध. वडा नं. ८ क कित्ता नं. ८० र ७ कित्ता नं. ४४६ को ज.वि.०–५–२ र ०–४–५ जग्गाको उत्तरतर्फबाट कृषि सडक रहेको सिफारिश गरिएपछि स्थानीयहरु अच्चमितमा परेका छन् ।

नगर प्रमुख महतोले गरेको घर बाटो सिफारिशमा बाटो नै नभएको उक्त वडाका वडा अध्यक्ष विरेन्द्र साहको दावी रहेको छ ।  संविधानमा सम्बन्धित वडाका वडा अध्यक्षले घरबाटो सिफारिश, नागरिकता सिफारिश, चार किल्ला प्रमाणित लगायतका अधिकार प्रदत्त गरेका छन् ।

आफ्नो अधिकार समेत थाहा नहुने नगरप्रमुखले नगरपालिका कसरी हाँक्छन् भन्ने सशंकित स्थानीयहरु भएका छन् भने वडा अध्यक्षहरुले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेकोमा आक्रोशित भएका छन् । वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र साहले क्षेत्राधिकार मिच्नुको साथै गलत सिफारिश गरेको भन्दै कानुनी सहायता लिने वताउनुभयो ।

यसको बचाउ गर्दै नगरप्रमुख शिवशंकर महतोले वडा अध्यक्षले घरबाटो सिफारिश गर्न आनाकानी गरेको र आफू अन्यत्र जाने बेलामा हतारमा आफूले सिफारिश गरिएको स्वीकार्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित