1

सिरहामा डुवेका युवक लापत्ता, खोजीगर्दै नेपाली सेना

हरियो पाटी

हरियो पाटी

0
SHARES
63
VIEWS

सिरहा, २८ पुस। सिरहाको नरहामा माछामार्ने क्रममा एक युवक पोखरीमा लडेर डुवेर लापत्ता भएको छ। नरहा गाउँ पालिका ३ लभटोलका २३ वर्षिय गणेश सदा पोखरीमा डुवेको हो। मलामी गएर फर्किने क्रममा बाटोमै रहेको पोखरीमा माछा तैरिरहेको देखेर पकड्ने क्रममा लडेरु पोखरीमा डुवेको पूर्व वडाअध्यक्ष समेत रहेका स्थानीय अनिशुल मियाँले जानकारी दिए। गाउँकै महिला मपरेकाले मलामीबाट फर्कदै गरेको अवस्थामा पोखरीमा मरेकोमाछा तैरिएको देखेर पकड्नगएका बेला चिप्लेर गहिरो क्षेत्रमा डुवेको बताए। पानी धेरैभएकाले उनले पानीमा पौड्ने प्रयास गरेपनि उनी डुवेर अझै लापत्ता रहेको बताए।

करिव ४ बजेतिर डुवेको उनी अझै कतै देखिएको छैन। श्रीमती समेतसागै रहेकाले सदाय डुवेपछि हल्लाखल्ला गरेर गाउँले जम्मा भएका छन्। गाउँलेले प्रहरीलाई खवर गरेपनि प्रहरीसँग पानीभित्र पसेर खोज्ने उपकरण नरहेकोले नेपाली सेनाको सहयोग लिएको बताईएको छ। नेपाली सेनालो वोडको सहयोगमा खोजीकार्य थालेको उनले बताए।पोखरीमा दुर्यदिन अघि माछामार्न विष लगाएको स्थानीयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित