1

उचाइ समाउने कोसिसमा नेप्से, तर केही समय गाह्रो

हरियो पाटी

हरियो पाटी

1.2k
SHARES
1.6k
VIEWS

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साताको पहिलो दिन आइतबार सकfरात्मक बाटो समाएको छ । गत बुधबार २५२४ अंकमा रोकिएको नेप्से सूचक आइतबार कारोबार खुल्दा २५३८ अंकमा पुगेको थियो ।

त्यसपछि केही समय बढ्दै गरेको नेप्सेमा ब्रेक लाग्यो र २५३१ अंकसम्म झर्यो । तर, त्यसपछि उक्लिने कोसिसमा रहेको नेप्सेले दिनभरको कारोबारमा तीनपटक झर्ने प्रयास पनि गर्यो । तर, बढ्दा नयाँ उचाइ लिने र घट्दा अघिल्लो घटाइभन्दा माथि नै बस्ने प्रवृत्ति लिँदै दिनभरमा ६०.४१ अंकले सूचक बढेर २५८४.९१ अंकमा रोकिएको छ  ।

आइतबारको नेप्से प्रवृत्तिले सोमबार पनि सुरुवातमा बढ्ने नै संकेत गरेको छ । तर, दिनभरमा बढ्ने वा घट्ने सुरुवाती कारोबार दबाबले निर्धारण गर्ने छ । संभवत यो साताभर बजार बढेर बन्द हुन सक्छ । तर, मूल्य लाभ लिन लगानीकर्ताहरू आक्रामक रूपमा प्रस्तुत भएभने बजार घट्न पनि सक्छ । किनभने पुस महिना राजस्व असुलीको मुख्य समय हो । वित्तीय बजारमा तरलता संकटको स्थित उस्तै छ ।

सरकारले पुसभित्र ३० प्रतिशत बिन्दुले विनियोजित बजेट खर्च गर्न निर्देशन दिए पनि त्यसको प्रभाव कस्तो छ हेर्नुपर्ने हुन्छ । अर्कोतिर धेरै कम्पनीहरूको मूल्य समायोजनका कारण सेयर मूल्य प्रभावित हुने र त्यसले बजारलाई पनि असर पुर्याउन  सक्छ ।

तर, कतिपय कम्पनीको मूल्य समायोजनपछिउच्च वृद्धि रहने कारणले त्यसको जोखिम कमपर्ने पनि देखिन्छ । जस्तै मूल्य समायोजनभएपछिको पहिलो कारोबार दिनमा हिमालयडिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले नै बढेरबजार बन्द भएको छ । बुक क्लोजपछि प्रतिकित्ता३९०० रुपैयाँ रहेको हिमालयनको सेयर मूल्यकारोबारको पहिलो दिन आइतबार ४३१८ रुपैयाँ पुगेको छ ।

आइतबार गत सातादेखि कारोबारमाआएको मध्य भोटेकोसीको सेयर मूल्यपनि सकरात्मक सर्किटनजिक पुगेर कारोबारभएको छ भने सूर्या लाइफको पनि ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । आइतबार सूचक बढाउन १६८कम्पनीहरूको सेयर मूल्यमा बढोत्तरी आएको छ । आइतबारकोकारोबार रकम गत सात तीन दिनको भन्दा बढी रहेको छ ।

गत साता ३ दिन ४ अर्ब रुपैयाँभन्दा कारोबार भएकोमा आइतबार ४ अर्ब १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसले पनि बजार बढ्ने रफ्तारलाई सकरात्मक सन्देश दिएको छ । तर, बदलिँदो परिवेश, पुसको दबाब र भर्खरै लाभांश लिएपछिको सुस्ताउने समय भएकाले पनि लगानीकर्ताहरू छिटो पुँजीगत लाभ उठाउन खोज्छन् । त्यसको प्रभावले बजार घट्न जान्छ ।

यद्यपि जीवन बिमा कम्पनीहरू र निर्जीव बिमा कम्पनीको लाभांश घोषणा गर्ने समय नजिएकाले त्यसको सकारात्मक प्रभाव पनि पर्न सक्छ । यद्यपी लगानीकर्ताहरु कारोबार वा लगानीकर्ता के हो ? त्यस आधारमा कम्पनीको वास्तविकता अध्ययन गरी लगानी गरेमा पछुताउनु पर्दैन ।

बढेको बजारमा पनि आइतबार १८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी गोर्खाज् फाइनान्सको सेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ । उता कारोबारमा भने हिमालय डिस्टिलरीले सबैलाई उछिनेको छ ।

सो कम्पनीको ४४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

जादाजादै यो गीत पनि सुन्नुहोस

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित