१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ।
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ।
राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको माओवादीले घोषाणा पत्रमा उल्लेख गरेको छ ।
घोषाणा पत्र
आदरणीय दिदीबहिनी तथा दाजुभाइ !
नेपाली जनताको दशकौंको बलिदानीपूर्ण सब्घर्षको परिणामस्वरूप प्राप्त ऐतिहासिक राजनीतिक
परिवर्तनलाई संस्थागत गर्दै संविधानसभाबाट नेपालको संविधान जारी गरिएपछि नयाँ संविधान
कार्यान्वयन प्रक्रियाअन्तर्गत दोस्रो कार्यकालको जनप्रतिनिधि संस्थाहरूको निर्वाचन हुन गइरहेको
तथ्य सुविदित नै छ । यस क्रममा २०७९ वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भइसकेको
छ भने आगामी मब्सिर ४ गते सब्घीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
नेपालमा आज स्थापित सब्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समाजवादउन्मुख समावेशी लोकतन्त्र
सहितको ऐतिहासिक राजनीतिक परिवर्तन हासिल गर्न, ती उपलब्धिहरूलाई संविधानमा संस्थागत
गर्न र समग्र लोकतान्त्रिक रूपान्तरणको प्रक्रियालाई आजको यो बिन्दुसम्म ल्याई पु¥याउन
नेपाली जनताले ७ दशक लामो बलिदानीपूर्ण सब्घर्ष गरेका छन् । सशस्त्र एवम् शान्तिपूर्ण
सब्घर्ष, जनयुद्ध एवम् जनआन्दोलन लगायतका महान् सब्घर्षहरू सञ्चालन गरेका छन्। मजदुर,
किसान, महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु लगायत सम्पूर्ण उत्पीडित
समुदायले आआफ्नो ठाउँबाट महत्वपूर्ण सब्घर्षहरू गरेका छन् । हामी यी सबै सब्घर्षहरूमा
आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछौँ, बेपत्ता
योद्धाहरूप्रति सम्मान प्रकट गर्दछौँ, घाइते योद्धाहरूलाई अभिवादन गर्दछौँ, सहिद तथा बेपत्ता
योद्धाका परिवारप्रति सम्मान प्रकट गर्दछौँ । र, परिवर्तनमा निर्णायक भूमिका खेल्ने आदरणीय
नेपाली जनतालाई हार्दिक अभिनन्दन गर्दछौँ । यस अवसरमा हामी महान् सहिदहरू, अग्रजहरू,
सबै प्रकारका सब्घर्षका योद्धाहरू र आम जनसमुदायको सपना, आकाब्क्षा तथा अपेक्षा साकार
पार्न र परिवर्तनको उद्देश्य पूरा गर्न दृढ सब्कल्पसहित पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ ।
लोकतन्त्रमा स्वच्छ एवम् निष्पक्ष निर्वाचन र निर्वाचित जनप्रतिनिधि संस्थाहरू एवम् सरकारहरूको
महत्व स्वतः स्पष्ट छ । जनताद्वारा निर्वाचित जनप्रतिनिधि संस्थाहरू र सरकारहरूमार्फत नै समग्र
संविधान कार्यान्वयन प्रक्रियाको नेतृत्व गरिन्छ । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक
क्षेत्रमा विस्तार गरेर समृद्ध नेपाल बनाउन एवम् देश तथा जनताको आधारभूत समस्याहरू
समाधान गर्दै आम जनसमुदायको नयाँ जीवनको आकाब्क्षा पूरा गर्न जननिर्वाचित संस्थाहरू
र सरकारहरूको नै मुख्य भूमिका रहन्छ । तसर्थ लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउन
र समृद्ध नेपालको सपना साकार पार्नको लागि आसन्न प्रतिनिधिसभा एवम् प्रदेश सभाको
निर्वाचनमा पूर्ण उत्साह एवम् सक्रियताकासाथ सहभागी हुन, निर्वाचनलाई व्यापक छलफल
एवम् मतदानमा सहभागितासहित सफल पार्न र देश तथा जनताको हितप्रति वास्तविक रूपमा
प्रतिबद्ध राजनीतिक दल र सुयोग्य उम्मेदवारहरूलाई विजयी बनाउन ने.क.पा. (माओवादी केन्द्र)
आदरणीय जनसमुदायसमक्ष हार्दिक अपिल गर्दछ । इतिहास निर्माता आदरणीय जनसमुदाय
स्पष्ट नै हुनुहुन्छ, यो जनताको अधिकार र जिम्मेवारी दुवै हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
नेपालको मौलिक लोकतन्त्रको रक्षा,
कार्यान्वयन र विकास
सामन्तवाद, निरब्कुशतन्त्र र राजतन्त्रको विरुद्ध राष्ट्रियता, लोकतन्त्र र समृद्धिको निम्ति नेपाली
जनताले लामो समयसम्म कठोर सब्घर्ष गरेका छन्। यस क्रममा नेपालको पहिलो सहिदको
रूपमा स्थापित लखन थापाको विद्रोह, १९९० देखि २००७ सालको राणा विरोधी सब्घर्ष,
पञ्चायती व्यवस्था विरुद्धको ३ दशक लामो सब्घर्ष र २०५२ सालदेखि सुरु भएको १० वर्षको
महान् जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन मुख्य छन्। झापा विद्रोह र मधेश
आन्दोलन पनि उल्लेखनीय छन्। जनयुद्धअघिका सब्घर्षहरूले राणा शासन र निर्दलीय पञ्चायती
व्यवस्थाको अन्त्य गर्दै नेपालको लोकतान्त्रिकरण एवम् प्रगतिशील रूपान्तरणमा महत्वपूर्ण
योगदान पु¥याएको भए पनि जनयुद्ध र दोस्रो ऐतिहासिक जनआन्दोलनअघि लोकतान्त्रिक
क्रान्तिले पूर्णता पाउन सकेको थिएन । लोकतान्त्रिक क्रान्तिको नेतृत्व पुँजीपति वर्गको हातमा
रहँदासम्म त्यो सम्भव भएको थिएन । तर अन्ततः महान् जनयुद्धको मुख्य भूमिका र जनयुद्धसँगको
संयोजनमा भएको इतिहासका सबै सब्घर्षहरूको उत्कर्ष प्रक्रियाका रूपमा विकसित विद्रोहात्मक
दोस्रो जनआन्दोलनद्वारा लोकतान्त्रिक क्रान्तिले पूर्णता पायो । यसरी नेपाली कम्युनिस्ट तथा
वामपन्थी शक्तिहरूको नेतृत्वमा पुँजीवादी लोकतान्त्रिक शक्तिहरूलाई समेत गोलबन्द गरेर
सामन्तवाद र निरब्कुशतन्त्र विरोधी पुँजीवादी लोकतान्त्रिक–जनवादी क्रान्ति सम्पन्न भयो र
एक ऐतिहासिक चरणको क्रान्तिको कार्यभार आधारभूत रूपमा पूरा भयो।
नेपाली सर्वहारा–श्रमजीवी वर्ग एवम् सम्पूर्ण उत्पीडित समुदायको प्रतिनिधित्व गर्दै माओवादी
मुख्य रहेको कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वमा र महान् जनयुद्धको मुख्य भूमिकामा
पूरा भएकाले नेपालको लोकतान्त्रिक क्रान्ति मौलिक स्वरूपको रहेको छ । यो लोकतन्त्र
औपचारिक लोकतन्त्रमा सीमित पुँजीवादी लोकतन्त्र र त्यसलाई प्रतिनिधित्व गर्ने परम्परागत
संसदीय प्रणालीभन्दा भिन्न रहेको छ । नेपालमा स्थापित लोकतन्त्रले समाजवादमा शान्तिपूर्ण
सब्क्रमण वा फड्कोको सम्भावना बोकेको छ र यो परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घ
प्रतिवद्धता–पत्र
नयाँ प्रकारको लोकतन्त्र हो। यो राजनीतिक प्रणालीका रूपमा सब्घीय लोकतान्त्रिक गणतन्त्र
र मूल सारतत्वका रूपमा समाजवादउन्मुख समावेशी लोकतन्त्रका रूपमा रहेको छ । यो
ऐतिहासिक परिवर्तनलाई संस्थागत गरेको नेपालको संविधानले नयाँ मोडेलको लोकतन्त्रको
रूपमा यसका अन्तर्निहित विशेषताहरूलाई स्पष्ट पारेको छ । संविधानले वर्तमान राज्य र
अर्थतन्त्रलाई स्पष्टसँग समाजवादउन्मुख बताएको छ र समाजवादको स्थापनालाई लक्ष्य घोषणा
गरेको छ । संसदीय शासकीय रूपलाई अवलम्बन गरिए पनि त्यसलाई केही परिवर्तन गरेको
छ । समानुपातिक निर्वाचन प्रणालीलाई पनि जोड्दै मिश्रित ढाँचाको नयाँ निर्वाचन प्रणाली
अपनाइएको छ । समानुपातिक समावेशीकरण संविधानको एउटा मुख्य विशेषता रहेको छ ।
प्रारम्भिक रूपमा नै किन नहोस् नयाँ ढाँचाको सब्घीयता अघि बढाइएको छ । शिक्षा, स्वास्थ्य,
रोजगारी, खाद्य सम्प्रभुता र आवासलाई नागरिकको मौलिक अधिकारका रूपमा संस्थागत
गरिएको छ । धर्म निरपेक्षतालाई आत्मसात् गरिएको छ । विपन्न, असहाय, सीमान्तकृत,
लोपोन्मुख र उत्पीडित वर्गका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ । जनताले चाहेमा
राष्ट्रिय सार्वभौमिकता एवम् भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेक
संविधान संशोधनद्वारा सबै सकारात्मक परिवर्तन गर्न सकिने सम्भावनाको ढोका खुला गरिएको
छ । त्यसैले वर्तमान लोकतन्त्र नयाँ प्रकारको मौलिक लोकतन्त्र हो । यो परिवर्तन मूलतः
माओवादी शक्तिको नेतृत्व र बलमा सम्भव भएको हो।
सामाजिक न्यायसहितको समावेशी विकास,
माओवादीको नेतृत्व नै सबै समस्याको राष्ट्रिय निकास !
समाजवादको आधार,
उज्यालो वाहक माओवादी सरकार !
द्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
हाम्रा प्रमुख कार्यभार तथा
प्रतिबद्धता
लोकतान्त्रिक क्रान्ति र संविधान निर्माणपछिको परिस्थितिमा मुलुकको अगाडि रहेको निम्नलिखित
मूल कार्यभारहरू पूरा गर्नुलाई हाम्रो पार्टी आफ्नो जिम्मेवारीको रूपमा ग्रहण गर्दछ र त्यसलाई
पूरा गर्न दृढ सब्कल्पसहित प्रतिबद्धता व्यक्त गर्दछ ः
१. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको
रक्षा एवम् सुदृढ गर्नुलाई सर्वोपरि राखिने छ र राष्ट्रिय एकतालाई त्यसको मूल आधार
बनाइने छ ।
२. नयाँ प्रकारको मौलिक लोकतन्त्रका रूपमा स्थापित ऐतिहासिक राजनीतिक परिवर्तन,
सब्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व,
समाजवादउन्मुख लोकतन्त्र र संविधानका उपलब्धिहरूको रक्षा गर्नु र वर्तमान लोकतन्त्र
र संविधानको प्रभावकारी कार्यान्वयन र सकारात्मक अभ्यास गर्दै थप परिमार्जन गर्नु
अर्को महत्वपूर्ण कार्यभार हो।
अहिले परिवर्तन, उपलब्धि र संविधान माथि दुईकोणबाट प्रहार भइरहेका छन्। पहिलो,
संविधानका प्रावधानहरूलाई सिधा उल्लब्घन गरेर प्रतिगामी कदम चालिएका छन्
र अझ चालिन सक्ने खतरा शून्य भइसकेको छैन । दोस्रो, नयाँ प्रकारको मौलिक
लोकतन्त्रका रूपमा परिवर्तनलाई ग्रहण नगरी व्यवहारतः यसलाई परम्परागत संसदीय
गणतन्त्र र औपचारिक पुँजीवादी लोकतन्त्रमा सीमित पार्ने खतरा पनि त्यत्तिकै छ । यी
दुवै खतराहरूप्रति सचेत हुँदै वर्तमान परिवर्तन र संविधानका उपलब्धिहरूको रक्षा एवम्
सुदृढीकरण गर्न जोड दिइने छ ।
वर्तमान परिवर्तन र संविधानलाई आवश्यकता अनुरूप परिमार्जन र विकास
गर्दै लगिने छ । यसको पहिलो आधार संविधान जारी गर्दाको समयमा पार्टीका तर्फबाट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छ
प्रतिवद्धता–पत्र
संविधानसभामा दर्ज गरिएको भिन्न मत रहने छ । तर यतिबेला प्राप्त उपलब्धिको रक्षा
एवम् सुढृढीकरणलाई नै प्राथमिकता दिइने छ ।
राजनीतिलाई परिवर्तनको माध्यम र जनसेवाको साधन बनाउन साथै आदर्श, विचार,
सिद्धान्त, मूल्य र नैतिकताबाट विचलित एवम् भ्रष्टीकृत हुँदै गइरहेको अवस्थाबाट सही
ठाउँमा ल्याउन वैचारिक सांस्कृतिक रूपान्तरणसहितको राजनीति सफा गर्ने अभियानलाई
संविधान र लोकतन्त्रको रक्षाको अभिन्न अङ्ग बनाइने छ ।
३. आजको चरणको मूल कार्यभार भनेको संविधानको कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको
समृद्धि हासिल गर्नु र समाजवादको आधार तयार पार्नु हो । यसरी राजनीतिक क्षेत्रको
परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तार गरेर समृद्धि हासिल गर्नु, त्यसलाई
सामाजिक न्यायसँग अभिन्न रूपमा जोडेर सामाजिक न्यायसहितको समृद्धिको रूपमा अघि
बढाउनु, जनताको जनजीविकाको आधारभूत समस्याहरू समाधान गर्नु र उत्पादक शक्तिको
विकास एवम् उत्पादनको वृद्धिसहित समाजवादको आधार तयार पार्नु नै यतिबेलाको मूल
कार्यभार हुन आएको छ । आजको भूमण्डलीकृत नवउदारवादी पुँजीवादले विकासोन्मुख
देशहरूमा नवऔपनिवेशिकता एवम् दलाल पुँजीवाद लादेको अवस्थामा परम्परागत
पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नहुने हुँदा राष्ट्रिय पुँजी एवम् उत्पादक
शक्तिको विकास र उत्पादन सम्बन्धलाई प्रारम्भदेखि नै समाजवादउन्मुखतासँग जोडेर
लगिने छ । समाजवादका अन्तर्वस्तुहरू सम्भव भएसम्म लागु गर्दै अघि बढिनेछ ।
४. अन्ततः नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवम् कार्यभार हो। हाम्रा
सबै नीति, कार्यक्रम र आचरण २१ औं शताब्दीअनुरूपको समाजवादी नेपाल निर्माण
गर्नमा नै अभिमुख हुनेछ । समाजवाद उन्मुख समृद्धि हासिल गर्नुलाई तत्कालको मूल
कार्यभार बनाउँदै र समाजवादको आधार तयार पार्दै अन्ततः समाजवाद स्थापनाको लक्ष्य
पूरा गरिने छ ।
वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरे पनि त्यसको स्पष्ट व्याख्या गरेको
छैन । हाम्रो पार्टी वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणको
पक्षमा छ । त्यो सारतत्वमा पुँजीवाद नै रहने खालको ।।।प्रजातान्त्रिक समाजवाद’ हुने छैन ।
साथै, यसअघि सोभियत सब्घलगायतका देशहरूमा अभ्यास गरिएको ।।।सोभियत मोडेल’ को
समाजवादको यान्त्रिक अन्धानुकरण पनि हुने छैन । बरू त्यसबाट शिक्षा लिँदै त्यसका गल्ती
कमजोरीहरू सच्याइएको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । एक राजनीतिक दल
विशेषको मात्र उपस्थिति तथा भूमिका र उत्पादनका सम्पूर्ण साधन तथा सम्पत्तिको पूर्ण
राष्ट्रियकरणलाई नै समाजवाद ठान्ने सोच अवलम्बन गरिने छैन । समाजवादलाई सर्वहारा
श्रमजीवी वर्ग र सिब्गो मानव जातिको मुक्ति केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक
सांस्कृतिक लगायत समग्र प्रणालीको रूपमा आत्मसात् गरिने छ । मानवमाथि हुने सबै
ट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
प्रकारको भेद्भाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वतोमुखी विकास
एवम् पूर्ण स्वतन्त्रता र प्रकृति एवम् पर्यावरणको रक्षा एवम् सन्तुलन हाम्रो समाजवादको
मूल अन्तर्य हुनेछ । २१ औं शताब्दीअनुरूपको नेपाली विशिष्टतामा आधारित नेपाली
मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम रूप हुनेछ । त्यसमा व्यक्तिगत स्वतन्त्रता,
लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गरिने छ ।
५. नेपाली क्रान्तिको मौलिक बाटोको अभिन्न एवम् महत्वपूर्ण अब्ग शान्ति प्रक्रिया पनि
हो । शान्ति प्रक्रियाको दुई महत्वपूर्ण पक्षहरू संविधानसभाबाट संविधान निर्माण एवम्
उपलब्धिहरूको संस्थागतता र सेना समायोजनसहित जनमुक्ति सेना व्यवस्थापनको कार्यभार
मूलतः पूरा भइसकेको छ । तर शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभारका रूपमा रहेको
सब्क्रमणकालीन न्यायको काम पूरा हुन बाँकी छ । सत्यनिरूपण तथा मेलमिलाप आयोग
एवम् बेपत्ता छानविन आयोगको काम पूरा भएपछि मात्र शान्ति प्रक्रिया समग्रतामा पूर्ण
सफल हुनेछ । राष्ट्रिय मेलमिलाप, दिगो शान्ति र पीडितहरूलाई न्यायसहित सत्यनिरूपण
तथा मेलमिलाप आयोग तथा बेपत्ता छनविन आयोगको कामलाई यथाशीघ्र पूर्णता दिई
शान्ति प्रक्रियालाई पूर्ण रूपमा सफल पारिनेछ ।
माओवादीले बनायो उज्यालो नेपाल,
माओवादीले नै बनाउँछ समृद्ध नेपाल !
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ठ
प्रतिवद्धता–पत्र
वर्तमान गठबन्धन – परिस्थितिको उपज
नयाँ संविधान घोषणा भएपछि उपर्युक्त कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्र बिन्दुमा राखेर
नै हामीले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा तालमेल गर्दै निर्वाचनपछि
ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा. (एमाले) को बिचमा पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट
पार्टी (नेकपा) निर्माण गरेका थियौँ । कम्युनिस्ट एवम् वामपन्थी कार्यकर्ता तथा शुभेच्छुकहरू
र नेपाली जनताको अपार समर्थन–सहयोगसहित सब्घमा करिब दुईतिहाईको र सातमध्ये छ
प्रदेशमा बहुमतको कम्युनिस्ट सरकार बनाउन सफल भएका थियौँ । त्यसले संवैधानिक एवम्
शान्तिपूर्ण बाटोबाट समृद्ध नेपाल बनाउने र नयाँ मोडेलको समाजवाद निर्माणको प्रयोगलाई
सफल बनाउने महान् सम्भावना र अवसर पैदा गरेको थियो । तर नेकपाका एक अध्यक्ष
एवम् तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी संविधान विरोधी प्रतिगामी कदम
चाल्नुभयो । नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गरी नेपाली कम्युनिस्ट आन्दोलनमाथि
विसर्जनवादी प्रहार गनुभयो । यसले गर्दा हाम्रो पार्टीमाथि तात्कालीन रूपमा प्रतिगमन र
विसर्जवादका विरुद्ध सब्घर्ष गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी आयो। यस परिपेक्ष्यमा प्रतिगामी
कदम विरुद्धको सब्घर्षमा सामेल हुनसक्ने सबै शक्तिहरूलाई गोलबन्द गरी सब्घर्षको नेतृत्व
गर्ने दायित्व हाम्रो पार्टीको काँधमा आयो। यसै क्रममा पाँच दलीय गठबन्धन बन्न पुगेको हो।
जनता समाजवादी पार्टीले गठबन्धन परित्याग गर्ने निर्णय गरेपछि अहिले गठबन्धन चारदलीय
हुन पुगेको छ । प्रतिगमन विरोधी सब्घर्षको क्रममा जन्मेको गठबन्धन अहिले आसन्न
चुनावमा पनि तालमेल गर्ने निर्णयसहित अघि बढेको छ । यो गठबन्धन र तालमेल तात्कालिक
परिस्थितीको उपज हो।
वर्तमान परिस्थितीमा ने.क.पा. (माओवादी केन्द्र) संविधानको रक्षा, राजनीतिक स्थिरता र
समृद्धिका लागि गठबन्धन र चुनावी तालमेललाई सफल बनाउन केन्द्रित हुनेछ । निर्वाचन
प्रक्रिया सुरु भैसकेको परिप्रेक्ष्यमा वर्तमान गठबन्धन र तालमेललाई सफल बनाउन र पहिलो
हुने निर्वाचन प्रणाली अन्तर्गत गठबन्धनका उम्मेदवारहरूलाई र समानुपातिक निर्वाचन
प्रणालीअन्तर्गत ने.क.पा. (माओवादी केन्द्र) लाई मतदान गर्न हाम्रो पार्टी आदरणीय जनमुदायसँग
विनम्र अपिल गर्दछ ।
संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन,
गठबन्धनका उम्मेदवारलाई यसपटक मतदान !
ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
ने.क.पा. (माओवादी केन्द्र) कै
नेतृत्व किन ?
आगामी मब्सिर ४ गते हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले सब्घ र प्रदेशहरूमा
संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम
रहन दिने वा नदिने, यथास्थितिमा देशलाई राखिराख्ने वा विकास एवम् समृद्धिको दिशामा
फड्को मार्ने फैसला गर्नेछ । ने.क.पा. (माओवादी केन्द्र) को नेतृत्वमा मात्र परिवर्तन एवम्
संविधानका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित समृद्धिको लक्ष्य प्राप्तिमा फड्को मार्न
र समाजवादको आधार तयार पार्न सम्भव छ । यसमा निम्नलिखित कारण रहेका छन् ः
१. नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका
सबै जसो एजेन्डाहरू– गणतन्त्र, सब्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण,
सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल
गर्न निर्णायक भूमिका खेलेको तथ्य घाम जतिकै छर्लब्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी
मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिबासी जनजाति, मधेशी,
दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवम् लोपोन्मुख
समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो। यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ ।
राजनीतिक परिवर्तनको मूल मर्म भनेको यसलाई साधन र माध्यम बनाएर जनताको
जीवन फेर्नु र नयाँ नेपाल बनाउनु हो। यस मर्मलाई आत्मसात् गर्दै व्यवस्थालाई रक्षा र
अवस्थामा परिवर्तन ने.क.पा.(माओवादी केन्द्र) को नेतृत्वमा नै सम्भव छ ।
२. संविधानको प्रावधानको विरुद्धमा तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले दुईपटकसम्म
प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्नुभयो । प्रतिगामी कदमलाई असफल
पार्न र प्रतिगमनको थप खतराको ढोका बन्द गर्न हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र)
कै पहल र अगुवाइमा प्रतिगमन विरोधी सब्घर्ष सफल हुन सकेको थियो। तसर्थ, नेपाली
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ढ
प्रतिवद्धता–पत्र
जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सब्घर्षमा लागि रहनुपर्ने बाध्यता हटाउने कार्य
ने.क.पा. (माओवादी केन्द्र)कै नेतृत्वमा मात्र सम्भव छ ।
३. हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्वको क्रान्तिकारी
उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । साथै, हाम्रो पार्टी सामाजिक न्यायसहितको
समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न र अन्ततः समाजवाद निर्माण
गर्न प्रतिबद्ध छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको
रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो।
तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।
४. तात्कालिक परिस्थितिको मागअनुसार कम्युनिस्ट एकता, संयुक्त मोर्चा र संयुक्त
आन्दोलनको विकास गर्न र राष्ट्रिय मुद्दाहरूमा सम्बन्धित सबै शक्तिहरूलाई सहकार्य र
एकता प्रक्रियामा ल्याउनसक्ने शक्ति ने.क.पा. (माओवादी केन्द्र) नै रहेको छ । सब्कीर्ण,
एकलकाँटे, जड, इतिहासमुखी, शुद्धतावादी वा यथास्थितिवादी शक्तिहरूबाट होइन, उद्देश्य
एवम् लक्ष्यमा दृढ तर तात्कालिक परिस्थितिको मागअनुसार गतिशील ढब्गले अधि बढ्न
सक्षम ने.क.पा. (माओवादी केन्द्र) द्वारा नै परिस्थितिमा आउने उतार–चढावको सामना
गर्दै आजको कार्यभार पूरा गर्नेगरी नेतृत्व दिन सक्षम छ ।
५. अध्यक्ष कमरेड प्रचण्डको छोटो प्रधानमन्त्रीत्वकालमा पनि राजनीतिक समस्या समाधानमा
र विकास–निर्माणको क्षेत्रमा केही उल्लेखनीय कार्यहरू हुने सके । खासगरी दोस्रो
कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक
वृद्धि र सामाजिक विकासको आधार तयार गरियो। मुलुकलाई बर्सौंदेखिको लोडसेडिबबाट
मुक्त तुल्याउने, काठमाडौँं–निजगढ द्रुतमार्ग लगायतका ठुला आयोजनाहरूको निर्माण
कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री
स्वयंले निर्माणाधीन ठुला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको
कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए । यिनै
पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि
हासिल हुन सक्यो। यसबाट ने.क.पा. (माओवादी) को नेतृत्व भएमा छोटो समयमा पनि
विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने शिद्ध भएको छ ।
६. ने.क.पा. (माओवादी केन्द्र) त्यस्तो पार्टी हो जो आफ्नो इतिहास, विगत र सफलतालाई
बिर्संदैन बरू गर्व गर्छ, तर वर्तमानलाई मुख्य ठान्दछ । हाम्रो पार्टी आफ्ना सकारात्मक
गुणचरित्र र सफलताहरूलाई दह्रो गरी पक्रंदै अघि बढ्छ । साथै, हाम्रो पार्टी त्यस्तो पार्टी
हो जो आफ्नो गल्ती, कमजोरीहरू र अपर्याप्तताहरू विनम्रतापूर्व स्वीकार गर्दछ, जनतासामु
इमानदारीपूर्वक आत्मालोचना गर्दछ र गल्ती–कमजोरी सच्याउँदै एवम् थप रूपान्तरित हुँदै
अघि बढ्ने सब्कल्प गर्दछ । सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक मूल कार्यभार
ज्ञण् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
र समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न हाम्रो पार्टीले अध्यक्ष कमरेड
प्रचण्डको नेतृत्वमा वैचारिक–सांस्कृतिक रूपान्तरणको महाअभियानमा हेलिँदै अघि बढ्ने
घोषणा २०७८ सालमा सम्पन्न आठौँ राष्ट्रिय महािधवेशनबाट गरेको छ । तसर्थ ने.क.पा.
(माओवादी केन्द्र) बाट नै नेतृत्व र निकास सम्भव छ ।
७. ने.क.पा. (माओवादी केन्द्र) मा त्यस्तो नेतृत्व छ, जसले पछिल्लो आन्दोलन, परिवर्तन र
शान्ति प्रक्रियाका सबै कालखण्ड र सन्दर्भको नेतृत्व गर्नु भएको छ । ने.क.पा. (माओवादी
केन्द्र) का प्रमुख नेता अध्यक्ष कमरेड प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग
जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व
गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो,
संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सब्घर्षको नेतृत्व
गर्नुभयो। नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ,
अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) बाट मात्र यतिबेला पनि
राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ ।
परिवर्तनको लागि बलिदान,
समृद्धिका लागि माओवादीलाई मतदान !
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञज्ञ
प्रतिवद्धता–पत्र
सामाजिक–आर्थिक
रूपान्तरणका मुख्य नीतिहरू
नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणका मुख्य नीतिहरू यस प्रकार हुनेछन् ः
१. नेपालमा मौलिक स्वरूपको लोकतान्त्रिक क्रान्ति आधारभूत रूपमा सम्पन्न भई नयाँ संविधान जारी
गरिएपछिको प्राथमिक मूल कार्यभार सामाजिक आर्थिक रूपान्तरण र समृद्धि भएको विषयलाई
आम रूपमा स्वीकार गरिएको छ । तर हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले गरेको केही
उल्लेखनीय पहलकदमी र अन्य केही सामान्य उपलब्धिहरूमा मात्र त्यो सीमित हुन पुगेको छ ।
एक प्रकारले भन्ने हो भने केही मात्रात्मक परिवर्तनबाहेक परम्पराको निरन्तरताबाट माथि
उठेको अनुभूति दिने काम हुन सकेको छैन । विकासको ढाँचा, प्राथमिकता र हस्तक्षेपकारी नीति
एवम् कार्यक्रमहरूसहित आवश्यक गुणात्मक आयामिक परिवर्तन हुन सकेको छैन । तसर्थ यस
सम्बन्धमा अबको हाम्रो मुख्य नीति समृद्धिका लागि गुणात्मक हस्तक्षेप र क्रमभब्गता हो। यही
नीतिलाई लागु गरी ।।।समृद्धिका लागि क्रमभब्गता’ को राष्ट्रिय आवश्यकता पूरा गरिने छ ।
२. भूमण्डलीकृत पुँजीवाद र वित्तीय एकाधिकार पुँजीवादको बोलबाला कायम रहेको र
न्याय, शान्ति र समतामूलक नयाँ विश्व व्यवस्थाले ठोस आकार ग्रहण गरी नसकेको
वर्तमान परिवेशमा विकासको जुन ढाँचाको नेपालमा अवलम्बन भइरहेको छ, त्यसले
सार्वभौम सत्ताको सब्कुचन गर्दै दलाल पुँजीवादको अधिपत्य बढाउँदै लैजानेछ । त्यसैले
राष्ट्रिय पुँजी तथा उत्पादक शक्तिको विकास, उत्पादन र रोजगारी वृद्धि एवम् सामाजिक
न्यायसहितको समृद्धिको लागि नवउदारवादको अन्ध पक्षपोषण छाडेर समाजवादउन्मुख
समृद्धिको ढाँचालाई अवलम्वन गर्नु आवश्यक छ । यसका लागि हाम्रो पार्टीले संरचनात्मक
परिवर्तनको कार्य दृढतापूर्वक अघि बढाउने छ ।
३. समग्र सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो
तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक छ । हामीले अहिले अभ्यास गर्दै आइरहेको
ज्ञद्द नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
शासकीय स्वरूप र निर्वाचन प्रणाली त्यस अनुरूप हुन नसकेकाले ने.क.पा. (माओवादी
केन्द्र) ले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तका लागि संविधान संशोधनको
ठोस पहल अघि बढाउने छ ।
४. प्रशासन संयन्त्रको पुनर्संरचना विकासको फड्कोको लागि अर्को महत्वपूर्ण आवश्यकता
हो। यस सम्बन्धमा राष्ट्रिय बहस गरी प्रशासन संयन्त्रको पुनर्संरचनाको ठोस कार्ययोजना
अघि बढाइने छ ।
५. राजनीतिक परिवर्तनपछि न्यायपालिका क्षेत्रमा कुनै तात्त्विक परिवर्तन भएको छैन ।
निष्पक्ष, सर्वसुलभ र छिटो छरितो न्याय प्रदान गर्नको लागि र राज्यका अब्गहरूको
आआफ्नो समुचित भूमिकाका लागि पनि न्यायपालिकाको पुनर्संरचना आवश्यक भएकाले
त्यस दिशामा राष्ट्रिय बहससहित ठोस पहलकदमी अघि बढाइने छ ।
६. भ्रष्टाचारको व्यापकता तथा सुशासनको अभाव, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा
देखिएको समस्या र चरम व्यापार घाटा अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि
समाधान गरिनुपर्ने प्राथमिकताका विषय हुन्। यस क्षेत्रमा ठोस नीति र कार्ययोजना बनाई
कडाइपूर्वक कार्यान्वयन गरिने छ ।
संविधान, कानुन र नियमअनुसार सहज रूपमा हुनुपर्ने जनसाधारणका कामहरूमा घुस
दिनुपर्ने वा भनसुन गर्नुपर्ने आवश्यकताको अन्त्य गर्न प्रभावकारी कदम चालिने छ ।
२०४७ को परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैधानिक
निकायका प्रमुख एवम् सदस्यहरू, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारीहरू
र विशिष्ट श्रेणीका कर्मचारीहरूको सम्पत्ति छनविन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न
आयोग गठन गरिने छ । त्यसैगरी, हाम्रो पार्टीले सबै केन्द्रीय समितिका सदस्यहरू एवम्
प्रदेश समितिका पदाधिकारीहरूको सम्पत्ति विवरण निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र
सार्वजनिक गर्नेछ । साथै प्रत्येक आर्थिक वर्षको पहिलो ३ महिनाभित्रमा केन्द्रीय समितिका
सदस्यहरू र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने छ ।
७. सामन्ती शोषणका सबै अवशेषहरूको अन्त्य, नोकरशाही तथा दलाल पुँजीवादी शोषणको
अन्त्य, राष्ट्रिय पुँजीको विकास, उत्पादन शक्ति, उत्पादकत्व र उत्पादनमा तीव्र वृद्धि, सामाजिक
न्याय एवम् न्यायोचित वितरणसहितको आर्थिक समृद्धि, गरिबी, बेरोजगारी, असमानता एवम्
परनिर्भरताको अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासको सुनिश्चितता,
आत्मनिर्भर अर्थतन्त्रको विकास, प्रकृति र पर्यावरणको रक्षा र समग्रमा समाजवादउन्मुख
राष्ट्रिय आर्थिक क्रान्ति हाम्रो मूल आर्थिक कार्यदिशा र मार्गचित्र हुनेछ ।
८. देशको राजनीतिक ढाँचा सब्घीयकरण भएको भए पनि आर्थिक ढाँचामा अझै केन्द्रीकृत
प्रणाली नै हावी रहेको छ । अतः वित्तीय सब्घीयता पूर्णरूपमा लागु गरी हरेक प्रदेशलाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञघ
प्रतिवद्धता–पत्र
आफैमा आत्मनिर्भर आर्थिक एकाइको रूपमा विकास गरिने छ । यसका लागि सबै प्रदेशहरूमा
प्रदेशका सबै जिल्ला जोड्ने प्रदेश–चक्रपथ निर्माण गर्ने तथा उत्तर–दक्षिण कोरिडोर र पूर्व–
पश्चिम लोकमार्ग–राजमार्गसँग जोडिने चक्रपथ खण्डमा नयाँ औद्योगिक क्षेत्र साथै प्रदेशको
ऐतिहासिक चरित्र झल्कने सांस्कृतिक सहर निर्माण जस्ता कार्य अघि बढाइने छ ।
९. आर्थिक विकासको प्रक्रियालाई गुणात्मक तीव्रताका साथ अघि बढाउन राज्यका तर्फबाट
नेतृत्वदायी भूमिका खेलिनेछ । राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक
अखण्डता, राष्ट्रिय सुरक्षा, सिमानाको रक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय महत्वका
पूर्वाधार तथा परियोजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा र वातावरण
संरक्षण लगायतका क्षेत्रमा राज्यले नेतृत्व गर्नेछ । निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको
महत्वपूर्ण अब्गका रूपमा सामेल र प्रोत्साहन गरिने छ । लगानीमैत्री वातावरण, अनुकूल
श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने छ । सार्वजनिक–निजी–
सहकारी–सामुदायिक साझेदारीलाई महत्वका साथ अवलम्बन गरिने छ । अर्थतन्त्रको
महत्वपूर्ण आधारका रूपमा सहकारी र सामूहिक प्रणालीलाई प्रवर्धन गरिने छ ।
१०. नेपाली समाजको फड्कोयुक्त आर्थिक रूपान्तरणको सन्दर्भमा कृषि क्षेत्र र किसानलाई केन्द्र
भागमा राखिने छ । यसका लागि आवश्यक नीति योजना र कार्यक्रमको पुनरावलोकन गरी
कृषि क्रान्तिको कार्यक्रमलाई प्रभावकारी ढब्गले अघि बढाउने नीति लिइनेछ । कृषिका
साथ साथै पर्यटन, जलश्रोत, ऊर्जा, जडीबुटी क्षेत्रलाई प्राथमिकता दिइने छ । भौतिक
पूर्वाधारको विकासलाई महत्वकासाथ जोड दिएर अघि बढाइने छ । औद्योगीकरणको
प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइने छ ।
११. शिक्षा विकासका लागि आवश्यक सबै पूर्वाधारहरूको पनि प्रमुख पूर्वाधार भएकाले यसमा
राज्यले गर्ने लगानीमा गुणात्मक वृद्धि गरिने छ । शिक्षाले व्यक्तिको जीविकोपार्जन, मानव
संशाधनको पूर्ति र गरिबी निवारणमा महत्वपूर्ण योगदान पु¥याउदछ । तर शिक्षालाई
यसमा मात्र सीमित गरिने छैन । शिक्षाको अभिमुखीकरण असल–चेतनशील एवम्
विवेकशील–स्वतन्त्र मान्छे, जिम्मेवार नागरिक, दक्ष जनशक्ति निर्माण, जीविकोपार्जन र
समृद्धिको निम्ति शिक्षा भन्ने मान्यतामा अघि बढाइने छ । ।।।जीवनका लागि शिक्षा’ यसको
मूल सार हुनेछ । यसका निम्ति आवश्यक नीति र संरचनात्मक परिवर्तन गरिने छ ।
शिक्षाका साथै स्वास्थ्यलाई राज्यले आफ्नो जिम्मेवारीमा लिई प्राथमिकतामा राख्ने छ ।
स्वास्थ्य सेवाअन्तर्गत उपचारात्मकका साथै निरोधात्मक पक्षमा पनि उत्तिकै जोड दिइने
छ र जनस्वास्थ्यलाई महत्वपूर्ण पक्षका रूपमा अघि बढाइने छ ।
१२. नवउदारवादको अन्ध पक्षपोषणले अनुत्पादक र उपभोक्तावादी पुँजीवादलाई बढावा
दिइरहेको वर्तमान स्थितिलाई अन्त्य गरी राष्ट्रिय उत्पादनशील पुँजी, श्रम र रोजगारी
केन्द्रित औद्योगीकरण एवम् विकास नीति अवलम्बन गरिने छ । तीव्र आर्थिक वृद्धि र
ज्ञद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
सामाजिक न्यायसहितको समावेशी र दिगो विकास, वातावरण संरक्षण र श्रमिकको
हितलाई हाम्रो विकास नीतिको उच्च प्राथमिकतामा राखिने छ ।
१३. व्यापक रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्योगहरूको विकास गरिने छ ।
उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आर्थिक परनिर्भरता घटाउने, र
व्यापार घाटा न्यून पार्ने औद्योगिक तथा वाणिज्य नीति अवलम्बन गरिने छ ।
१४. संविधानले मौलिक अधिकारका रूपमा स्पष्ट व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, रोजगारी,
खाद्य सम्प्रभुता र आवासको सुनिश्चिततालाई थप आवश्यक कानुन र तदनुरूपको
योजना बनाई लागु गरिने छ । भूमि, पुँजी र प्रविधिसहित उत्पादनका सबै साधनमा
नेपाली जनताको न्यायोचित पहुँच स्थापित गरिने छ । प्रत्येक नागरिकलाई ज्ञान सिप
तथा उद्यमशीलताको अवसर प्रदान गरिने छ । सामाजिक संरक्षण र प्रत्येक नागरिकको
सुरक्षालाई केन्द्रबिन्दुमा राखेर जनतालाई एकीकृत सेवा प्रदान गरिने छ ।
१५. नेपाल लगायत विश्वका प्रायः सबै मुलुकले संयुक्त राष्ट्र सब्घ मार्फत अघि सारेको दिगो
विकासका लक्ष्यहरू सन् २०३० सम्ममा हासिल गर्न हामी प्रतिबद्ध छौँ । निरपेक्ष गरिबी,
भोकमरी, निरक्षरता, अस्वस्थता र असमानताको अन्त्य जस्ता पवित्र तर चुनौतीपूर्ण लक्ष्यहरू
हासिल गर्ने गरी सामाजिक–आर्थिक रूपान्तरणका नीति तथा कार्यक्रमहरू अघि बढाइने छ ।
१६. नेपालमा राष्ट्रिय पुँजीको आकार र सामथ्र्य अझै पनि सानो तथा कमजोर रहेकाले राष्ट्रिय
औद्योगिकीकरण र गुणात्मक आर्थिक वृद्धिका निम्ति आन्तरिक पुँजी लगानी मात्र अपर्याप्त
हुनेछ । त्यस अवस्थामा ठुला पूर्वाधार निर्माण, आयात प्रतिस्थाापक तथा निर्यातमूलक
उद्योग र राष्ट्रिय प्राथमिकताका अन्य आयोजनाहरूमा विदेशी लगानी भित्र्याइने छ ।
आन्तरिक र बाह्य लगानी प्रवर्धन गर्न थप आवश्यक नीतिगत, कानुनी र व्यवस्थापकीय
सुधार गरिने छ । तर नेपालको राष्ट्रिय सार्वभौमिकता र हित प्रतिकुल हुने कुनै पनि वैदेशिक
आर्थिक सहयोग लिइनेछैन । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई राष्ट्रिय हितअनुरूप
आवश्यक समन्वय र अनुगमनका साथ पारदर्शी ढब्गबाट सदुपयोग गरिने छ ।
१७. प्रकृतिको रक्षा, जलवायु संकटको प्रभावहरुको न्यूनीकरण, पर्यावरणको रक्षा एवम्
सन्तुलनलाई जीवन, समाज र समृद्धिको अभिन्न अंगको रुपमा अघि बढाइने छ र त्यस
सम्बन्धमा आवश्यकीय नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढंगबाट लागु गरिने छ ।
१८. पूर्वीय चिन्तन एवम् जीवन संस्कृतिको एक महत्वपूर्ण पक्षका रूपमा रहेको योग र ध्यान
मानव जीवनका लागि ज्यादै उपयोगी रहेकाले यसलाई व्यापक अभ्यास गराउने नीति
लिइनेछ । सबै विद्यालयहरूमा वैज्ञानिक विधिबाट ध्यानको अभ्यास गराइने छ । सबै स्थानीय
तहहरूमा नियमित योग अभ्यास केन्द्रहरू सञ्चालन गर्न अभिप्रेरित गरिने छ । राज्यबाट
योग र ध्यानको वैज्ञानिक अभ्यासको लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञछ
प्रतिवद्धता–पत्र
प्रमुख सोचः एक्काइसौं
शताब्दीको समाजवादी नेपाल
समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणालीको निर्माण
ने.क.पा. (माओवादी केन्द्र) को लक्ष्य समाजवादी प्रणाली निर्माण गरी सबैले अनुभूत गर्ने समृद्धि
हासिल गर्नु हो। सहमतिको दस्ताबेजको रूपमा जारी गरिएको नेपालको संविधानमा समाजवाद
उन्मुख आर्थिक–सामाजिक प्रणालीको निर्माण गर्ने भनी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै
समाजवादी व्यवस्थाको आधार तयार गर्न तत्काललाई समाजवादउन्मुख चरित्रको स्वाधीन र
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिने छ ।
समष्टिगत आर्थिक नीति
पार्टीको समष्टिगत आर्थिक नीति यस प्रकार हुने छ ः
१. आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड ।
२. जमिन, जब्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोग ।
३. स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन,
सर्वसुलम एवम् गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड ।
४. गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास ।
५. जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको
न्यायोचित वितरण ।
ज्ञट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
६. हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणाली ।
७. भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध प्रभावकारी सुशासनमा जोड ।
रणनीति
हाम्रो पार्टीको मूल रणनीति यस प्रकार रहेको छ ः
१. स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्ने ।
२. न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने ।
३. युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण
बनाउने।
४. कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने ।
५. हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने ।
६. निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने ।
७. मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने।
८. विकासलाई प्रकृतिमैत्री बनाउने।
९. दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने ।
१०. पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने ।
संविधान र लोकतन्त्रका पक्षमा हाम्रो आह्वान !
समाजवादका निम्ति हँसिया–हथौडामा मतदान !!
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञठ
प्रतिवद्धता–पत्र
स्थिरता, शान्ति र समृद्धिका
लागि शासकीय स्वरूप
परिवर्तन
– सुशासन र समृद्धिका लागि स्थिर राजनीति ⁄
– स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति ⁄⁄
राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्ने हाम्रो
अभीष्ट पूर्ति गर्नमा विगतको हाम्रो अनुभवमा संसदीय शासकीय स्वरूप अक्षम सिद्ध भएको
छ । संविधान निर्माणको प्रक्रियामा पनि नेपाली जनताले शासकीय पद्धतिमा परिवर्तनको पक्षमा
अभिमत व्यक्त गरेका थिए । विगतको अनुभव र जनचाहनाका आधारमा सब्घीय लोकतान्त्रिक
गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न
आवश्यक भएको कुरालाई ध्यानमा राखेर निम्नअनुसार संविधान संशोधन गरिने छ ः
१. सब्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित
मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ ।
२. प्रदेशमा पनि सब्घमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित
मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ ।
३. १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको सब्घीय संसद र समग्रमा
३३० सिटको प्रदेशसभा हुनेछ ।
४. सब्घमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद सब्ख्याको १५
प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।
५. सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी
डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने
प्रशासन प्रणाली अवलम्बन गरिने छ ।
ज्ञड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
पहिचान र सार्वभौमसत्तालाई सुदृढ गर्न सब्घीयता
– सब्घीयताको आधार, नेपाली जनताको समावेशी शासनाधिकार ⁄
– बलियो सब्घ, प्रदेश र स्थानीय सरकार, सब्घीयता कार्यान्वयनको आधार ⁄⁄
सब्घीय लोकतन्त्रिक गणतन्त्रको स्थापनाले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँसम्म पुगेको
छ र यसबाट शासनसत्ता र नीति निर्माण तहमा विभिन्न जाति, वर्ग, क्षेत्र, समुदाय, लिब्ग,
पेसाको पहुँच र नियन्त्रण वृद्धि भई जनता वास्तविक रूपमा सार्वभौम हुँदै गएका छन् । तर
विगत पाँच वर्षमा केही संरचनागत समस्या, अधिकार क्षेत्रमा दोहोरोपन, धेरै विषय साझा
सूचीमा हुनु, सब्घले आवश्यक कानुन निर्माण नगरिदिनु जस्ता कारणले प्रदेश र स्थानीय तहले
विकास, निर्माण र सेवा डेलिभरीको कार्य अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिएको छ ।
सब्घीयता जनताको शासनाधिकारको अभ्यास गर्ने माध्यम मात्र नभै स्वायत्तता, सहअस्तित्व,
भौगालिक अखण्डता कायम गर्ने सूत्र पनि हो। यही मूल मन्त्रलाई आत्मसात् गरी सब्घीयतालाई
प्रभावकारी र राजनीतिलाई जनताको सेवक बनाउन निम्न नीति र कार्यक्रम लागु गरिने छ ः
१. पहिचान, सामथ्र्य र क्षेत्रीय स्वायत्तताको संयोजन हुने र सबै जाति, वर्ग, क्षेत्र, लिब्ग,
मजदुर, किसानको अपनत्व अनुभूति हुनेगरी सब्घीयतालाई सुदृढ गरिने छ ।
२. प्रदेशको एकल तथा साझा अधिकारको सूचीद्वारा प्रदान गरिएका अधिकारहरूको
कार्यान्वयनका लागि कानुन बनाएर साथै प्रदेशलाई स्रोतसाधन सम्पन्न बनाएर
सब्घीयतालाई प्रभावकारी बनाइनेछ । प्रमुखरूपमा सब्घलाई नीति निर्माणमा, प्रदेशलाई
विकास निर्माणमा र स्थानीय तहलाई सेवा प्रवाहमा केन्द्रित गर्ने व्यवस्था गरिने छ ।
३. सब्घ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा देखिएको अस्पष्टता, विवाद,
दोहोरोपना, बाझिने, अतिक्रमण हुने व्यवस्था सच्याई अधिकार सूची आवश्यकताअनुसार
परिमार्जन गरिने छ ।
४. ऐतिहासिक पहिचान र सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको सीमा मिलान तथा
पुनर्गठन, अधिकार सूचीको परिमार्जन तथा विशेष, स्वायत्त र संरक्षित क्षेत्रको सीमाब्कन
गर्न उच्चस्तरीय राज्यपुनर्संरचना सुझाव राष्ट्रिय आयोग गठन गरी सुझाव कार्यान्वयन
गरिने छ ।
५. राज्यको शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तको कार्यान्वयन गर्न र न्यायालयलाई
स्वायत्त र स्वतन्त्र बनाउन सर्वोच्च र उच्च न्यायालयका न्यायाधीशहरूको मनोनयन
प्रणालीमा सुधार गरिने छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञढ
प्रतिवद्धता–पत्र
स्वच्छ राजनीतिका लागि समानुपातिक समावेशी
निर्वाचन प्रणाली
– धन, बल, विभेद र भ्रष्टाचारबाट मुक्त राजनीति ⁄
– पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली ⁄⁄
निर्वाचन प्रणाली लोकतन्त्रको आधार स्तम्भ हो। यसमा आवधिक निर्वाचन मार्फत जनताले
सार्वभौम अधिकारको प्रयोग गर्दछन् र मुलुकको शासनलाई वैधानिकता प्रदान गर्दछन्। तर
हाल नेपालले अवलम्बन गरिरहेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र
भ्रष्टचारको कारण हुन गई जनतामा राजनीति, राजनीतिक दल र नेतृत्वप्रति चरम वितृष्णा
सिर्जना भएको अवस्था छ । यो अवस्थाको अन्त्य गर्न विद्यमान निर्वाचन प्रणालीमा संशोधन
गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली
अवलम्बन गरिने छ ।
१. राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी
बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिने छ ।
२. प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जातीय जनसब्ख्या (क्लस्टर) को आधारमा
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिने छ । क्लस्टरमा खसआर्य, आदिवासी
जनजाति, दलित, मधेशी–तराई समुदाय, थारु, मुस्लिम रहनेछन् र सम्बन्धित क्लस्टरमा
३५ प्रतिशत महिला प्रतिनिधित्व हुनेछ । मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत
प्रतिनिधित्व सुनिश्चित गरिने छ ।
३. राष्ट्रियसभालाई सबै प्रदेश, उत्पीडित समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान
गरेका व्यक्तिहरुको समेतको प्रतिनिधित्व हुने गरी परिवर्तन गरिने छ ।
४. सब्घ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा
नै तोकिनेछ । यसो गर्दा निर्वाचनमा उमेदवारी दर्तादेखि सबै तहको सरकार काम चलाउ
हुने तर खालि नहुने व्यवस्था गरिने छ ।
संविधान र लोकतन्त्रको रक्षा गरौँ !
समृद्धि र समाजवादको लागि सब्घर्ष गरौँ !!
द्दण् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
राष्ट्रिय सुरक्षा र स्वाधीनताको
रक्षाकेन्द्रित परराष्ट्र नीति
– हाम्रो विदेश नीतिको आधार राष्ट्रिय हित, शान्ति क्षेत्र, पञ्चशील र असंलग्नता ⁄
– राष्ट्रियता र स्वाधीनताका लागि सुदृढ राष्ट्रिय एकता ⁄⁄
भनिन्छ भूगोलले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई निर्धारण गर्दछ । अर्थतन्त्र र
राजनीतिले स्वतन्त्रताको नापो गर्दछ । विगतको अमेरिकी–रुसी शीत युद्ध र त्यसपछि
महाशक्ति राष्ट्र अमेरिकाको एकल ध्रुवीय विश्व राजनीतिमा पनि नेपालले असंलग्न परराष्ट्र
नीति अपनाइ आएको थियो । यतिखेर शक्ति पश्चिमबाट पूर्व एसिया, खासगरी हाम्रा
छिमेकी मुलुक चीन र भारततिर सर्ने क्रममा रहेको छ । अझ भन्ने हो भने एक प्रकारको
शीतयुद्ध चीन र अमेरिकाको बिचमा रहेको र अमेरिकाले भारतलाई आफ्नो पक्ष अनुकूल
बनाउने प्रयासमा शीतयुद्धको बादल नेपालमाथि मडारिरहेको कुरा जोसुकैले पनि अनुभूत
गर्नसक्ने स्थिति छ । यो नेपालको लागि निकै ठुलो चुनौती हो । अतः यो बदलिएको
पृष्ठभूमिमा राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निम्न किसिमको राष्ट्रिय
सुरक्षा र परराष्ट्रनीति अवलम्बन गरिने छः
१. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा, प्राकृतिक सम्पदाको
जगेर्ना र नेपाली जातिको स्वाभिमानको सम्मान सुनिश्चित हुनेगरी राष्ट्रिय सुरक्षा नीति
परिमार्जन गरिने छ ।
२. सब्घीय शासन प्रणालीमार्फत स्वायत्त शासन र साझा शासनको प्रभावकारी कार्यान्वयन
गरी नेपालको आन्तरिक एकताको प्रवर्धन गर्दै मुलुकको सार्वभौमसत्ता सुदृढ गरिने छ ।
३. नेपाली सेनालाई साधनस्रोत सम्पन्न, थप आधुनिक र अझ दक्ष बनाइनेछ । नेपाल प्रहरी,
सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय प्रहरीलाई स्रोतसाधन, आधुनिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्दज्ञ
प्रतिवद्धता–पत्र
ज्ञान र प्रविधि, मानव अधिकार शिक्षा, आदिद्वारा सम्पन्न तुल्याई जनताको अमनचैन,
जिउधनको पूर्ण सुरक्षाको प्रत्याभूति गरिने छ ।
४. परराष्ट्र नीति अवलम्बन गर्दा नेपालको आत्म निर्णयको अधिकार, स्वतन्त्रता, स्वाधीनता,
भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षालाई सर्वोपरि स्थान दिइने छ । विश्वको
शान्ति, पञ्चशीलको सिद्धान्त र असंलग्नता, संयुक्त राष्ट्र सब्घको बडापत्र र राष्ट्रिय हित
तथा स्वार्थद्वारा परराष्ट्र नीति निर्देशित हुनेछ ।
५. भूराजनीतिक अवस्थालाई ध्यानमा राखी दुई छिमेकी मुलुकसँग मैत्रीपूर्ण तथा घनिष्ठ
सम्बन्ध स्थापित गरिने छ । नेपाली भूमिलाई कुनै पनि छिमेकी मुलुकहरूको विरुद्ध
दुरुपयोग गर्न दिइने छैन ।
६. कुनै पनि प्रकारको वैदेशिक सैन्य गतिविधिबाट मुक्त गरी नेपाललाई शान्ति क्षेत्रको रूपमा
स्थापित गरिने छ र नेपाललाई कुनै पनि मुलुकसँगको दुईपक्षीय वा बहुपक्षीय सैन्य
गठबन्धनमा सहभागी गराइने छैन ।
७. कुनै पनि अन्तर्राष्ट्रिय विवाद वा द्वन्द्वमा संयुक्त राष्ट्र सब्घको बडापत्र र अन्तर्राष्ट्रिय
कानुनका स्थापित मान्यताहरूको आधारमा शान्तिपूर्ण संवादको प्रक्रियाबाट समाधान
खोज्न जोड दिइने छ । नेपाल विश्व शान्तिको पक्षमा दृढ रहने छ । सैनिक शक्तिको
विस्तार, आणविक अस्त्रहरूको निर्माण र अस्त्र–शस्त्रको होडबाजी आदिको विरोध गर्दै
विश्व शान्ति र सद्भावको पक्षमा निरन्तर जोड दिइने छ ।
८. कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको अतिक्रमित नेपाली भूमि फिर्ताको लागि
अविलम्ब कुटनीतिक पहल गरिने छ ।
९. सन् १९४७ को गोरखा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि, सन् १९५० को नेपाल र भारतबिचको
शान्ति र मैत्री सम्बन्धी सन्धि, भारतसँगको जलस्रोतसम्बन्धी र व्यापार तथा पारवहन
लगायत सम्पूर्ण असमान सन्धिहरूको पुनरावलोकन गरी खारेजी, प्रतिस्थापन वा संशोधन–
परिमार्जनद्वारा राष्ट्रिय स्वार्थ र हित अनुकूल बनाइनेछ ।
१०. नेपाल र भारतबिचको खुला सिमानालाई नियन्त्रण र नियमन गरिने छ ।
११. आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निमार्णको राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै ससर्त प्राप्त हुने
वैदेशिक सहायता, अनुदान र ऋणको मात्रा क्रमशः घटाउँदै लगिने छ र विदेशी लगानी र ऋणलाई
राष्ट्रिय हितअनुकूल आर्थिक पूर्वाधार निर्माण र विकासका लागि मात्र लिने व्यवस्था गरिने छ ।
राष्ट्रिय सार्वभौमिकता र हित प्रतिकूलका कुनै पनि वैदेशिक सहयोग स्वीकार गरिने छैन ।
१२. नेपालको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई अक्षुण्ण राख्दै, स्थायी
तटस्थताको छविलाई निरन्तरता दिँदै, विश्व र क्षेत्रीय शक्ति सम्बन्धमा आएको बदलाव
अनुरूप द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय कुटनीतिक पहल गर्दै क्षेत्रीय सब्गठन र बहुपक्षीय
द्दद्द नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
मञ्चहरूमा राष्ट्रको उपस्थिति र संलग्नता थप मजबुत पार्दै लगिने छ ।
१३. नेपाली नियोग र परराष्ट्र मामला तथा कुटनीतिका क्षेत्रमा काम गर्ने सरकारी निकायहरूलाई
समय–सापेक्ष रूपमा अत्याधुनिक, दक्ष र व्यवस्थित बनाई थप सुदृढ र विकसित गरिने छ ।
१४. २१ औं शताब्दीमा सार्वजनिक कुटनीति सञ्चालन गर्न सफ्ट पावर र डिजिटल
कुटनीतिजस्ता विधिहरूको प्रयोग गरी राष्ट्रिय हित अभिवृद्धिका लागि सार्वजनिक कुटनीति
सञ्चालन गर्न सक्रिय पहल गरिने छ ।
१५. गोर्खा सैनिकहरूको समान कामको समान ज्याला तथा सुविधाको मागलाई सम्बोधन
गराउन सक्रिय पहल गरिने छ ।
सुदृढ राष्ट्रिय एकता,
राष्ट्रिय स्वाधीनताको रक्षा !
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्दघ
प्रतिवद्धता–पत्र
गरिबी निवारण
– गरिबी निवारण, माओवादीको सब्कल्प ⁄
– पाँच वर्षमा आधा गरिबी हटाउन प्रतिबद्ध ⁄⁄
मुलुकमा जनसब्ख्याको ठुलै हिस्सा अझ पनि गरिबीको रेखामुनि रहेको छ र गरिब
घरपरिवारले दयनीय जीवन गुजारा गर्नुपरिरहेको अवस्था छ । समाजमा गरिबी र पछौटेपन
कायम रहँदासम्म सीमित वर्गमात्र लाभान्वित हुने विकास र समृद्धिको कुनै अर्थ रहँदैन ।
यस अवस्थामा क्रमभब्ग गर्न आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा
आधाले घटाइने छ । संयुक्त राष्ट्र सब्घद्वारा सन् २०३० सम्म हासिल गर्नेगरी तोकिएका
दिगो विकास लक्ष्यहरूको मर्म अनुरूप कोही पनि पछाडि नछुट्ने अवस्था सिर्जना गर्न समेत
निम्नलिखित कार्यक्रमहरू सञ्चालन गरिने छ ः
१. गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई एक वर्षभित्र ।।।राज्य सुरक्षा कार्ड’ वितरण
गरिने छ र कार्ड प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क तथा
अत्यावश्यकीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइनेछ ।
२. स्थानीय तहसँगको समन्वयमा वन, नदी, ताल र नदीको तटीय क्षेत्र साथै अन्य सार्वजनिक
बाँझो जमिनमा कृषि तथा पशुपन्छीपालन व्यवसाय सञ्चालन गर्न विपन्न घरपरिवालाई
दश वर्षसम्मको लागि निश्चित परिमाणको जमिन करार गरी उपयोग गर्न दिइने छ ।
३. गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न रु. ५ लाखसम्मको बिउ पुँजी बिना
धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने छ । यस अनुसार सञ्चालित व्यवसायको
बिमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने छ ।
४. ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामूहिक प्रणालीमा नगदेबाली,
द्दद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
पशुपन्छीपालन तथा जडीबुटी खेती गर्न पूर्वाधार तथा कृषि आगतका लागि अनुदानको
व्यवस्था गरिने छ ।
५. सहरी विपन्न नागरिकहरूलाई परियोजना धितोमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने छ ।
६. वास्तविक भूमिहीन सुकुम्बासीहरूलाई भूमिको लालपूर्जा र आवासको प्रबन्ध गरिने छ ।
७. सहरी क्षेत्रका विपन्न परिवारको आवासको लागि सामुदायिक आवास भवन निर्माण गरिने
छ । विपन्न परिवार जोखिमपूर्ण तबरले नदी किनार तथा अन्य सार्वजनिक स्थलहरूमा
बसोबास गर्नुपर्ने अवस्थाको अन्त्य गरिने छ ।
माओवादीले नै ग¥यो व्यवस्था परिवर्तन,
माओवादीले नै गर्छ अवस्था परिवर्तन !
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्दछ
प्रतिवद्धता–पत्र
कृषि क्षेत्रको रूपान्तरण
– समृद्ध किसान, देशको सान ⁄ आत्मनिर्भर कृषि, हाम्रो अभियान ⁄⁄
परम्परागत कृषि प्रणाली र ससानो भूमिमा छुट्टाछुट्टै रूपमा गरिने निर्वाहमुखी खेतीको कारण
कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन न्यून रहिआएको छ । कृषकहरूको श्रमको मूल्य पनि नउठ्ने
अवस्थाले कृषकहरू कृषि पेसाबाट पलायन हुँदा जमिन बाँझो रहने क्रम बढ्दै गएको छ ।
फलस्वरूप मुलुकमा प्रतिवर्ष खर्बौँ रुपियाँ बराबरको कृषि वस्तु आयात गर्नु परेकोले ठुलो व्यापार
घाटा बेहोर्नु परेको छ । लामो समयदेखि चलिआएको यस क्रमलाई भब्ग गर्न कृषि क्षेत्रलाई
किसानको हित केन्द्रित गरी आधुनिकीकरण र व्यावसायीकरण गरिने छ । आगामी पाँच वर्षभित्र
प्रमुख खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, अन्डा र दुधमा मुलुकलाई आत्मनिर्भर तुल्याउनुका
साथै कृषि उपजको निर्यात उल्लेख्य रूपमा बढाउन निम्नलिखित कार्यक्रमहरू सञ्चालन गरिने छ ः
१. जग्गा एकीकरण र चक्लाबन्दी गरी सामूहिक प्रणाली मार्फत ठुलो स्केलमा व्यावसायिक
कृषि, पशुपन्छीपालन तथा जडीबुटी खेती गर्न प्रोत्साहित गरिने छ । यसका लागि सामूहिक
कम्पनी, सहकारी र करार खेतीसम्बन्धी कार्यविधि बनाई लागु गरिने छ । सामूहिक फार्म
स्थापना गरी कृषि कार्य गर्दा कृषि पूर्वाधार निर्माण तथा आधुनिक बिउ–बिजन, मल तथा
कृषि औजार खरिदका लागि अनुदान प्रदान गर्ने व्यवस्था गरिने छ ।
२. कृषियोग्य जमिन बाँझो राख्ने अवस्थालाई हटाउन स्थानीय तहसँगको समन्वयमा
सार्वजनिक तथा निजी बाँझो जमिन व्यावसायिक कृषि, पशुपन्छीपालन, जडीबुटी खेती
वा कृषिमा आधारित प्रशोधन उद्योगहरू स्थापना गर्न लिजमा दिनुपर्ने व्यवस्था गरिने छ ।
जमिन लिजमा लिई सुरु गरिने सामूहिक कृषि फार्महरूमा स्थानीय युवाहरूलाई रोजगारी
दिइने छ । निजी जमिन उत्पादनमूलक सामूहिक व्यवसायको लागि करारमा दिँदा त्यस्तो
जमिनको लिज भाडाबापत लाग्ने कर पहिलो तीन वर्ष मिनाह गर्ने व्यवस्था गरिने छ ।
द्दट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
३. कृषि मल समयमै आयात गरी बाली लगाउनुअघि नै खेतबारीमा पुग्ने व्यवस्था गरिने
छ । मुलुक भित्रै प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाई रासायनिक मलको प्रयोग
घटाउँदै लगिनेछ । स्थानीय स्तरमा कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन स्थानीय
तहसँग समन्वय गरिने छ । माटोमा प्राङ्गारिक तत्व बढाउन बायोचारको उत्पादन र
प्रयोगलाई प्रोत्साहन गरिने छ । जैविक खेतीलाई योजनाबद्ध रूपमा प्रोत्साहित गरिने छ ।
त्यस्तो उत्पादनलाई प्रमाणीकरण र व्राण्ड प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा
बजारीकरण गर्न विशेष नीति बनाई लागु गरिने छ ।
४. प्रमुख खाद्यान्न बाली धान, गहुं र मकैको उत्पादन बढाउन उन्नत जातको बिउ सहजरूपमा
उपलब्ध गराई सो को प्रयोग बढाइने छ । मुलुकभित्रै उन्नत तथा वर्णशंकर जातका
बिउको अध्ययन–अनुसन्धान तथा उत्पादन बढाइने छ । बिउ उत्पादन गर्ने कृषकहरूलाई
उत्पादनको आधारमा सिधै पाउने गरी प्रोत्साहन अनुदानको व्यवस्था गरिने छ । रैथाने
र उच्च मूल्यका बालीको बिउ उत्पादनका लागि स्थानीय स्तरमा आनुबंशिक बिउ स्रोत
केन्द्रहरू स्थापना गरिने छ ।
५. मसिनो चामलको बढ्दो आयातलाई प्रतिस्थापन गर्न प्रदेश सरकार तथा स्थानीय
तहसँगको सहकार्यमा तराईका भूभागमा १०० बिघाभन्दा ठुला चक्लाहरूमा सुगन्धित
मसिनो धानको खेती गर्ने कार्यक्रम लागु गरिने छ । यसका लागि तिनै तहका सरकारबाट
लगानीको व्यवस्था गरी हरेक प्रदेशमा नमुना फार्महरू स्थापना गरिने छ ।
६. रोड करिडोरमा बागवानीजन्य उत्पादन र पशुपालन तथा नदी बेसिनमा धानमा आधारित कृषि
प्रणालीलाई अगाडि बढाउन विशेष कार्यक्रम लागु गरिने छ । उक्त कार्यक्रम सञ्चालनको
लागि विद्यमान नीति, नियम र कार्यविधिमा समसामयिक सुधार गरिने छ । यस कार्यक्रम
अन्तरगत आवश्यक पर्ने उत्पादन सामाग्री तथा सेवा आदिमा सहयोग गरिने छ ।
७. तेलजन्य र गेडागुडीजन्य वस्तुको आयात घटाउन त्यस्ता बालीको खेती गर्ने कृषक तथा
कृषि फार्मलाई उत्पादनको आधारमा नगद अनुदान दिने व्यवस्था गरिने छ ।
८. हिमाली जिल्लाहरूमा चौंरी तथा भेडा–च्याब्ग्राको ठुला सामूहिक फार्म स्थापना गर्न
प्रोत्साहन गरिने छ । मुलुकभित्र च्याब्ग्राको बढ्दो मागलाई ध्यानमा राखी बिउ–पाठापाठी
उत्पादन गर्न कम्तीमा दुईस्थानमा च्याब्ग्रा प्रजनन केन्द्र स्थापना गरिने छ ।
९. हिमाली, उच्च पहाडी र पहाडी क्षेत्रमा कस्तुरी, मृग, कालिज लगायतका वन्य पशुपन्छीको
व्यावसायिक पालन कार्यक्रम सञ्चालन गरिने छ । हिमाली क्षेत्रमा व्यवसायिक जडीबुटी
खेती प्रवर्धन गर्दै भविष्यमा यार्सागुम्बाको व्यावसायिक खेती गर्ने आधार तयार गर्न
अध्ययन–अनुसन्धान र परिक्षणको कार्य अघि बढाइने छ ।
१०. कृषि क्षेत्रको रूपान्तरण गर्ने प्रक्रियामा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्दठ
प्रतिवद्धता–पत्र
र आपूर्तिका लागि प्रदेश, स्थानीय तह, विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूसँगको
सहकार्यमा एक बृहद योजना बनाई वडास्तरसम्म कृषि तथा पशुपन्छी तर्फका विषयविज्ञ
प्राविधिकहरू परिचालन गर्ने व्यवस्था गरिने छ ।
११. प्रमुख कृषि उत्पादनहरूको समर्थन मूल्य तोकी कृषकहरूले कृषि उपजको उचित मूल्य
पाउने सुनिश्चित गरिने छ । उखु किसानहरूले आफ्नो उत्पादनको मूल्य तत्काल पाउने
व्यवस्था गरिने छ । उखु किसानहरूले सहकारी वा सामूहिक कम्पनीको रूपमा चिनी मिल
संचलान गर्न सम्भाव्यता अध्ययन गरी कार्य अघि बढाइने छ ।
१२. कृषक, युवा तथा महिलाहरूको सामूहिक कम्पनी तथा सहकारीलाई कृषि उपजको
सब्कलन, भण्डारण, ग्रेडिब, प्याकेजिब र ब्रान्डिब गरी स्वदेश तथा विदेशमा बिक्री
व्यवस्थापन गर्न प्रोत्साहन गरिने छ । यस प्रकार कृषि उपजको बजार व्यवस्थापन गर्ने
कम्पनी तथा सहकारीलाई पूर्वाधार निर्माण तथा कृषि ढुवानी साधनका लागि अनुदान
तथा भंसार छुटको व्यवस्था गरिने छ ।
१३. कृषि व्यवसायको लागि परियोजना धितोमा सहुलियतपूर्ण कृषिकर्जा प्रदान गर्ने व्यवस्था
गरिने छ र सहुलियतपूर्ण कृषि कर्जाको दायरा समेत बढाइने छ । सहुलियतपूर्ण कर्जाको
दुरुपयोग रोक्न त्यस्तो कर्जा दुरुपयोग गर्ने ऋणीलाई कालो सूचीमा राख्नुका साथै
बैब्कलाई पनि जिम्मेवार तुल्याउने व्यवस्था गरिने छ ।
१४. कृषि बिमालाई गाउँ–गाउँमा पु¥याउन, बिमाको दायरा बढाउन, बिमाङ्क रकमलाई
व्यावहारिक बनाउन र बिमा दावी भुक्तानी सेवालाई छिटो–छरितो तुल्याउन कृषि बिमा
व्यवस्थालाई पुनर्संरचना गरिने छ ।
१५. हाल सिँचाइको लागि विद्युत महसुलमा दिई आएको छुट सुविधाको दायरा विस्तार गरी
माछापालन, पशुन्छीपालन, कृषि उपजको प्रशोधन र बजारीकरण सम्बन्धी कार्यको लागि
प्रयोग भएको विद्युतमा पनि महसुल छुटको व्यवस्था गरिने छ ।
१६. नेपालमा उत्पादन भएका प्रमुख कृषि वस्तुहरूको उत्पादन लागतलाई छिमेकी मुलुकहरूसँगको
लागतभन्दा बढी नहुने तुल्याउन ती मुलुकहरूको उत्पादन लागतको तुलनात्मक अध्ययन
गराई अध्ययनको सुझावअनुसार अनुदान तथा सहयोगको व्यवस्था गरिने छ ।
१७. नेपाली कृषि उत्पादनको गुणस्तर प्रमाणीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला प्रदेश
सरकारहरूसँगको सहकार्यमा सातै प्रदेशमा स्थापना गरिने छ । विदेशमा निकासी हुने कृषि
वस्तुहरूलाई ब्रान्डिब गर्न सहयोग गरिने छ ।
१८. संयुक्त राष्ट्र सब्घद्वारा जारि गरिएको किसान अधिकार घोषणापत्रको पक्ष राष्ट्रको रूपमा
नेपाली किसानहरूको हक र अधिकार सुनिश्चित गर्नको लागि किसान अधिकार कानुन
तुरुन्त तर्जुमा गरिने छ ।
द्दड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
१९. जमिनको स्वामित्व र उत्पादनको आधारमा किसानको वर्गीकरण गरी किसान परिचयपत्र
वितरण गरिने छ । सो परिचयपत्रको आधारमा किसानहरूलाई राहत, अनुदान, क्षतिपूर्ति
लगायतका सहयोगको व्यवस्था गरिने छ । त्यसैगरी, योगदानमा आधारित किसान पेन्सन
कार्यक्रम लागु गरिने छ ।
२०. खाद्य सब्कट, विपत, महामारी र स्थानीय उत्पादनको बजार सुनिश्चितताको लागि हरेक
स्थानीय तहमा अत्यावश्यकीय वस्तुहरूको बफर स्टक राख्ने व्यवस्था गरिने छ ।
२१. जमिन जोत्ने किसानहरूलाई भूमिको स्वामित्व प्रदान गर्नेगरी वैज्ञानिक भूमिसुधार कार्यक्रम
लागु गरिने छ । जमिनको एकीकृत र वैज्ञानिक अभिलेखको लागि डिजिटल लालपूर्जा
कोडको व्यवस्था गरिने छ । भूउपयोग नीति, ऐन तथा नियमावली आवश्यक परिमार्जन
गरी लागु गरिने छ ।
२२. गुठी अन्तर्गत रहेका जग्गाको स्वामित्व सम्बन्धी समस्या वैज्ञानिक तवरले समाधान
गरिने छ । यस अन्तर्गत जोताहा र मोहीले हकभोग गरिआएका र निजहरूलाई स्वामित्व
हस्तान्तरण गर्नुपर्ने प्रकृतिका गुठी जग्गालाई जोताहा तथा मोहीको हक कायम गर्नेगरी
रैकरमा परिणत गरिने छ । सबै प्रकारका गुठीमा रहेको कृषियोग्य जमिन बाँझो नराखी
कृषि उत्पादनमा प्रयोग गर्नुपर्ने, अन्य प्रयोजनमा लगाउन नपाइने व्यवस्था गरिने छ ।
मजदुर, किसान र उत्पीडित समुदायपक्षीय
सरकार हाम्रो प्रतिबद्धता !!
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्दढ
प्रतिवद्धता–पत्र
आर्थिक विकासका लागि
औद्यौगिकीकरण
– तीव्र औद्योगिकीकरण र रोजगारी वृद्धि, यसैले ल्याउँछ सुख र समृद्धि ⁄
स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि औद्योगिक विकासको महत्वपूर्ण भूमिका
रहन्छ । नेपाल औद्योगिक विकासमा पछि परेकोले आधारभूत वस्तुहरूको लागि समेत आयातमा
निर्भर हुनु परेको छ । यसबाट मुलुकको व्यापार घाटा तीव्र गतिमा बढ्न गएको छ । यस
अवस्थामा क्रमभबग गर्नको लागि औद्योगिक विकासमार्फत छिटो समय मै नतिजा देखिने ढब्गले
रोजगारी वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्ने कार्य अघि बढाइने छ । खासगरी
स्वदेशी कच्चा पदार्थ तथा जनशक्ति प्रयोग गर्ने उद्योग स्थापना तथा संचलानमा विशेष जोड
दिइने छ । मुलुकमा तीव्र औद्योगिक विकास र विस्तार हासिल गर्न निम्नानुसारका कार्य गरिने छ ः
१. प्रदेश सरकारसँगको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा २ वटा आधुनिक औद्योगिक
केन्द्र निर्माण गरिने छ । स्थानीय तहसँगको सहकार्यमा हरेक पालिकामा कम्तीमा १ वटा
औद्योगिक ग्राम स्थापना गरिने छ ।
२. प्रदेश सरकार, पालिका र निजी क्षेत्रसँग समन्वय गरी प्रत्येक वडामा २ वटा घरेलु तथा
साना उद्योग स्थापना गरिने छ । यसरी स्थापित भएका साना उद्योगलाई बजारीकरण गर्न
पालिकाहरूद्वारा पालिका बजार र प्रर्दशनी स्थल निर्माण गर्ने व्यवस्था गरिने छ ।
३. कृषि वस्तुको प्रशोधन उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न
निजी क्षेत्रसँग सहकार्य गरिने छ । सामूहिक कम्पनी तथा सहकारी मार्फत कृषि, पशु तथा
वनजन्य वस्तुको प्रशोधन गर्ने उद्योगहरूलाई कर छुट लगायतका सुविधा प्रदान गरिने छ ।
५. २०० जनाभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने नयाँ उद्योगलाई करमा छुट दिने व्यवस्था
गरिने छ । १ हजार जनाभन्दा बढीलाई रोजगारी दिने नयाँ उद्योगलाई करमा छुट दिनुका
घण् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
साथै जग्गा प्राप्ति तथा औद्योगिक पूर्वाधार निर्माणमा सहयोग गरिने छ ।
६. सब्घीय सरकार, प्रदेश सरकार, पालिका र निजी क्षेत्रको संयुक्त लगानीमा समेत उद्योगहरू
स्थापना गरिने छ । ठुला निर्यातजन्य उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी लगानी
परिचालन गरिने छ ।
७. उद्योग स्थापना गर्न सार्वजनिक जग्गा सहज रूपमा लिजमा उपलब्ध गराइनेछ । ठुला औद्योगिक
प्रतिष्ठान स्थापना गर्न स्थान छनोट गरी त्यस्ता स्थानमा आवश्यक औद्योगिक सडक, ढल
निकास र विद्युत जस्ता पूर्वाधारको व्यवस्था गर्न सरकारले सहयोग गर्ने व्यवस्था गरिने छ ।
८. वार्षिक रु. १ करोड भन्दा माथिको विद्युत उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने,
शत प्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने
उद्योगलाई विद्युत महसुलमा छुट दिइने छ ।
९. नेपालमै बसेर विदेशी कम्पनीहरूका लागि सफ्टवेयर, प्रोग्राम, एप्लिकेसन आदि निर्माण
गर्ने प्राविधिक क्षमता भएका युवा प्राविधिकहरूको सञ्जाल निर्माण गरी टेक्नोलोजी
विकास र निर्यात गर्ने कार्यक्रम बनाइनेछ । प्राविधिक उद्यमशीलता विकास गर्न सरकारले
लगानी गर्नेछ ।
१०. वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको संजाल निर्माण गरी उनीहरूलाई सामूहिक तथा निजी
उद्यम स्थापना गर्न प्रोत्साहन गरिने छ । त्यस्ता युवाहरूले उद्योग–व्यवसाय सञ्चालन गर्दा
बिउ पुँजी, ब्याज अनुदान, बिमा प्रिमियममा छुट तथा प्राविधिक सहयोगको प्रबन्ध गरिने छ ।
११. सामूहिक उद्यमशीलताको विकास गर्न १० जनाभन्दा बढी युवाहरू मिली उद्यम स्थापना
गरेमा कुल लगानीको ५० प्रतिशतसम्म लगानी सहभागिता वा अनुदानको व्यवस्था गरिने
छ । आगामी पाँचवर्षभत्र कम्तीमा ५ हजार युवाहरूलाई यस प्रकारको उद्यममा समावेश
गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
१२. आन्तरिक आवश्यकता पूरा गर्नेगरी औषधी, मेडिकल उपकरण, कृषि सामाग्री, औजार,
निर्माण सामाग्री, विद्युत र कृषि तथा वन्यजन्य उत्पादनमा जोड दिइने छ । विद्युत, छड,
सिमेन्ट, हस्तकला, हिमाली पिउने पानी, सफ्टवेयर, कृषि उपज, जडीबुटी लगायतका
वस्तुहरूलाई प्रमुख निर्यातजन्य वस्तुका रूपमा प्रवर्धन गरिने छ । कच्चा पदार्थको सट्टा
प्रशोधित वस्तु मात्र निर्यात गरिने छ ।
१३. निर्यात प्रवर्धन गर्न नेपाली उद्यमीले विकास गरेका ब्रान्डलाई अन्तराष्ट्रियरूपमा ब्रान्डिब
गर्न र निर्यात बजारको व्यवस्था गर्न राज्यले सहयोग गर्नेछ ।
१४. कृषि उत्पादनका लागि आवश्यक पर्ने जैविक प्राङ्गारिक मल उत्पादन गर्न हरेक प्रदेशमा
मल कारखाना स्थापना गरिने छ । रासायनिक मलको आयात प्रतिस्थापन गर्न निजी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घज्ञ
प्रतिवद्धता–पत्र
क्षेत्रसँगको सहकार्यमा स्वदेश मै रासायनिक मल उद्योग स्थापना गरिने छ ।
१५. आयात गरिएको तयारी वस्तुको भन्दा स्वदेशमा उत्पादित वस्तुको मूल्य बढी नहुने
वातावरण सुनिश्चित गर्न कच्चा पदार्थ आयातमा भन्सार सहुलियत प्रदान गरिने छ ।
१६. पोसाकको लागि आवश्यक पर्ने कपडा उत्पादन गर्न आधुनिक कपडा उद्योग स्थापना
गरिने छ । निजामती, सुरक्षा अब्ग, विद्यालय, सब्गठित संस्थाहरूमा नेपालमा उत्पादित
कपडा प्रयोग गर्ने वातावरण बनाइनेछ ।
१७. पहाडी क्षेत्रका सम्भाव्य स्थानहरूमा स्वदेशी तथा विदेशी लगानीमा मार्बल तथा ग्रेनाइट
उद्योग स्थापना गरिने छ । नदीजन्य निर्माण सामाग्रीहरूको उत्पादन र आपूर्तिको कार्यलाई
पर्यायवरणमैत्री हुनेगरी व्यवस्थित तुल्याइनेछ ।
१८. मुलुकमा रहेको फलाम तथा बहुमूल्य रत्नहरूको उत्पादन र प्रशोधन कार्य तथा पेट्रोलियम
पदार्थ र ताँबा खानीको अन्वेषण कार्यलाई तीव्रता दिइने छ । अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको
समन्वयमा मुस्ताबमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगको कार्ययोजना
तयार गरिने छ ।
१९. तीव्र औद्योगिक विकास तथा विस्तारको लागि ठुलो परिमाणमा स्वदेशी तथा विदेशी
लगानी जुटाउन विशेष कार्यक्रम लागु गरिने छ ।
२०. ।।।नेपालमै उत्पादन’ अभियान चलाइनेछ । सरकारी कार्यालयहरूमा स्वदेशी वस्तु प्रयोग गर्न अनिवार्य
गरिने छ । जनसाधारणलाई स्वदेशी वस्तु उपयोग गर्न प्रोत्साहन गर्ने अभियान चलाइनेछ ।
२१. उद्यमीहरूका समस्या सुन्न र उनीहरूको समस्या समाधान गर्न उद्यमी र सरकार बिच
छलफल गर्ने संयन्त्र बनाई मासिक रूपमा बैठक बस्ने प्रबन्ध गरिने छ । निर्यातजन्य
उद्योगलाई विशेष प्रोत्साहन गर्ने उपायहरूको खोजी गरी लागु गरिने छ ।
२२. ।।।उद्योग बाँचे अर्थतन्त्र बाँच्दछ’ भन्ने मान्यता स्थापित गर्दै देशमा औद्योगिक वातावरण
निर्माण गरिने छ । रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन त्यस्ता उद्योगहरूको पुनर्संरचना
र सहायता प्याकेजको व्यवस्था गरिने छ ।
२३. बढ्दो आयात र न्यून निर्यातबाट बर्सेनि विकराल रूपमा बढ्दै गएको व्यापार घाटालाई
नियन्त्रण गर्ने कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न कानुन बनाई पाँच वर्षको लागि
अधिकार सम्पन्न राष्ट्रिय व्यापार प्राधिकरण स्थापना गरिने छ । सो प्राधिकरणले मुलुकको
उत्पादन र व्यापारको संरचनागत एवम् प्रणालीगत पुनर्संरचना गर्नुका साथै अन्तर्राष्ट्रिय
बजारमा नेपाली उत्पादन सहज रूपमा निर्यात हुने आधार तयार गर्नेछ । प्रक्रियामुखी
विद्यमान प्रशासन प्रणालीभन्दा भिन्न रूपमा नतिजामुखी तवरले सञ्चालन गरिने यस
प्राधिकरणमा व्यापार सम्बन्धी विद्यमान सबै सरकारी संरचनाहरूलाई समाहित गरिने छ ।
घद्द नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रतिवद्धता–पत्र
पर्यटन प्रवर्धन र विकास
–
रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन ⁄⁄
पर्यटन मुलुकको अथाह सम्भावना बोकेको क्षेत्र भए तापनि हालसम्म अर्थतन्त्रमा यस क्षेत्रको योगदान
न्यून रहिआएको छ । प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास, जैविक विविधता र अतिथि सत्कारमा
नेपाल विश्वमै अग्रणी स्थानमा रहेको छ । यी सम्पदा र विशेषताबाट लाभ लिँदै देशभित्र ठुलो
मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने तथा मुलुकलाई समृद्धिको दिशातिर डो¥याउने एक प्रमुख
आधारको रूपमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न निम्नानुसारका कार्यहरू अघि बढाइने छ ः
१. पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार
तयार गरिने छ । यसका लागि सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरीसंरचनाहरू
निर्माण गरिने छ ।
२. भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु
सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दुहरूको धार्मिक पर्यटन गन्तव्यका
रूपमा विकास गरिने छ ।
३. नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञानप्राप्ति भएको भारतको बोधगया र
महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गर्नुका साथै लुम्बिनीदेखि
काठमाडौँंको फर्पिब पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको
विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरिने छ ।
हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने छ । लुम्बिनीमा
बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिब सेन्टर स्थापना गरिने छ ।
४. ताप्लेजुबदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरी सेन्चुरी लगायतका
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घघ
प्रतिवद्धता–पत्र
पदमार्गहरूमा पर्यटन पूर्वाधार निर्माण गरिने छ । रुकुमको चुनवाबदेखि म्याग्दी बेनीसम्मको
गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्धन गरिने छ । नयाँ गन्तव्यहरूको
पहिचान र विकास गरिने छ ।
५. स्थानीय तहहरूसँगको सहकार्यमा हरेक प्रमुख बस्तीहरूमा स्थानीय विशेषतासहितको
होमस्टे कार्यक्रम सञ्चालन गरिने छ ।
६. हिमाल आरोहीहरूको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइनेछ । हिमाल आरोही तथा
पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने छ ।
७. आरोहणका लागि हाल प्रतिबन्धित रहेका हिमालहरूको अध्ययन गरी आरोहण खुला गर्ने
व्यवस्था गरिने छ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका निम्ति ।।।फोहोरमुक्त हिमाल’
कार्यक्रम लागु गरिने छ ।
८. दुर्गम पहाड, जब्गल र नदी वरपर पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने
व्यवसायीहरूलाई निश्चित अवधिसम्म करमा छुट दिइने छ । साथै, अत्यावश्यक भौतिक
पूर्वाधार, विद्युत, पानी र सुरक्षाको प्रबन्ध गरिने छ ।
९. उपयुक्त स्थानमा हिमालयन डिज्नेल्यान्ड वा सोही प्रकारको मेगा–थिमपार्क निर्माण
गर्नको लागि सम्बन्धित विदेशी कम्पनीहरूसँग सहकार्य गरिने छ । प्रदेश सरकारसँगको
सहकारितामा हरेक प्रदेशमा एक सुविधासम्पन्न थिमपार्क निर्माण गरिने छ ।
१०. कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत
र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गरिने छ । उक्त कार्यक्रममार्फत् ३० लाख विदेशी
पर्यटकहरू भित्रने आधार तयार गरिने छ ।
११. नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार–प्रसार र बजारीकरणका लागि निजी
क्षेत्रसँग सहकार्य गरिने छ । नेपालका विदेशस्थित नियोगहरूलाई वार्षिक लक्ष्य तोकी
पर्यटन प्रवर्धनमा परिचालित गरिने छ ।
१२. पर्यटन क्षेत्र ऐन २०३५ लगायत पर्यटन क्षेत्रका कानुनी तथा नीतिगत प्रावधानहरूलाई
समयानुकूल परिमार्जन गरी पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिफलमुखी
बनाउनतर्फ केन्द्रित गरिने छ ।
१३. पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा सामुदायिक संरचनाहरूको पुनर्संरचना गरी
तिनीहरूको क्षमता बिस्तारद्वारा गुणस्तरीय सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।
१४. पर्यटन क्षेत्रमा परमिट, शुल्क भुक्तानी लगायतका विषयमा डिजिटल र एकद्वार प्रणाली
लागु गरिने छ । पर्यटन प्रवर्धनलाई केन्द्रमा राखी पर्यटकमैत्री नीति, कार्यक्रम र नियमन
प्रणाली स्थापित गरिने छ ।
Discussion about this post