1

नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।

निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ उनले भने । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लामो समयदेखि काठमाडौंमै ग्राउण्डेड रहेको छ ।

अर्को एक जहाज समेत बिग्रिएपछि निगमको आन्तरिक उडान प्रभावित बनेको हो । निगमले सातामा आधा समय पूर्वी पहाड र आधा समय पश्चिम पहाड तथा हिमाली भेगमा तालिका राखेर उडान गर्दै आएको छ ।

निगमसँग आन्तरिक उडानमा चिनियाँ जहाज भए पनि यी जहाज नउडाउने निर्णय गरी थन्किएका छन् । भएको एउटा जहाज पनि बिग्रिएपछि आन्तरिक उडान प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित