1

सोमालियामा बम बिस्फोट हुँदा ३० जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

0
SHARES
0
VIEWS

एजेन्सी । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुको सरकारी कार्यालय अगाडी र ब्यस्त बजारमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् ।

राजधानी मोगादिशुमा पार्किङमा राखिएको कारमा पहिलो बिस्फोट हुँदा सार्वजनिक यातायातमा सवार सर्वसाधारण मारिएका हुन् । यसैगरी, दोश्रो बिस्फोट रेष्टुरेन्ट परिसरमा भएको बुझिएको छ । बिस्फोटका समय रेष्टुराँमा भागदौड मच्चिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनाको जिम्मेवारी कसैले नलिएता पनि सोमालियाको विद्रोही समुह अल शबाबको संलग्नता रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित