1

बंगलादेशको आँधीमा हराइरहेका आठ जनाको शव फेला

हरियो पाटी

हरियो पाटी

0
SHARES
1
VIEWS
messenger sharing button
linkedin sharing button
sharethis sharing button
  

 

 उद्धारकर्ताले बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव फेला परेको छ ।

योसँगै आँधी र आँधीपछिको वर्षाका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ ।  सोमबार आएको चक्रवातका समयमा  उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिए पनि फर्किएका थिएनन् ।  माछामार्न गएका समयमा उनीहरु सवार डुंगा चक्रवातका कारण डुबेको थियो ।

तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित